भयङ्कर तयारीमा जुटे भीम रावल, देशभर तरङ्ग
काठमाडौँ – एमाले उपाध्यक्ष भीम रावलको भयङ्कर तयारीमा जुटेको खबर बाहिरिएको छ ।
१० बुँदे सहमति कार्यान्वयनसम्बन्धी कार्यदलबाट राजीनामाको घोषणा गरेका एमाले उपाध्यक्ष भीम रावलले दुई दिन भित्रमा लिखित राजीनामा नै बुझाउने भएका हुन् ।
रावलले १० बुँदे सहमति कार्यान्वयनमा आलटाल हुने देखेपछि आफूले राजीनामाको घोषणा गरेको र अब पार्टी अध्यक्षलाई लिखित राजीनामा नै बुझाउने तयारी गरिरहेको बताए ।
‘अस्ति मैले त्यहाँ राजीनामा मौखिक त दिइसकें यसको ब्यहोरा म लेखेर पठाउँछु भनेको थिएँ, अब त्यो दिन्छु होला’ उनले भने, ‘ओलीले भने १० सहमति कार्यान्वयन हुने बताएका छन् । पार्टी ०७६ जेठ २ अघि फर्किने अवस्था आउँदा रावल सुदुरपश्चिम प्रदेशको इन्चार्ज हुन्छन् ।
यता प्रतिपक्ष दल नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे कार्यन्वयन कार्यदलका संयोजक भीम रावलले दिएको राजीनामाबारे बोलेका छन् । रावलले दिएको राजीनामा ओलीले गरेको टिप्पणीले भीम रावललाई झनै तनावपूर्ण बनाएको हो ।
ओलीले रावलले दिएको राजीनामा केही पनि नभएको जवाफ दिएका छन् । शनिबार थापाथलीस्थित केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट पार्टीको वडा कमिटीको अधिवेशन उद्घाटन गर्न पुगेका ओलीलाई सञ्चारकर्मीले रावलको राजीनामा बारे सोधेको प्रश्नमा केही पनि नभएको उनले बताए ।
उनले भने, ‘उहाँले राजीनामा के को गर्नुभएको हो रु संयोजन मैले सकिन त्यसकरण मेरो राजीनामा भन्नुभयो । त्यत्रो ठूलो कुरो पनि होइन। लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन।’
१० बुँदे सहमति कार्यान्वय हुन्छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले बाँकी केही छन् त्यो हुन्छ भनेर जवाफ दिएका छन् ।
विभाजित पार्टी एकता गर्न बनेको १० बुँदे कार्यदलका संयोजक रावलले अध्यक्ष ओलीलाई यसअघि पटक पटक १० बुँदे अक्षरस सम्बोधन गर्नुपर्ने भन्दै आएका थिए ।