देउवाले गरे फेरी चलाखी, सर्यो कांग्रेसको १४औँ महाधिवेशन
काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तालिका परिवर्तन भएको छ । नयाँ तालिका अनुसार मंसिर अन्तिममा १४औँ महाधिवेशन हुनेछ र
समयमा अधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशनको नयाँ मिति तय गरेको हो । समितिले मंसिर २७ देखि महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।
समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । योसँगै मसिंरभित्रै कांग्रेसको निर्वाचन हुनेभएपछि नेताहरुका लागि खुसीको बिषय बनेको छ ।
प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पार्टी नेतृत्वलाई प्रस्ताव गरेको र त्यसै अनुसार निर्णय हुनसक्ने बताएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले महान चाड तिहारको मुखमा ३ करोड नेपालीलाई खुसीको खबर दिएका छन् ।
यो निर्णय धनी भन्दा गरिब र विपन्नका लागि अझ महत्वपूर्ण छ । पैसा नभएर अन्धकारमा बस्न बाध्य वा सीमित मात्रामा उपभोग गर्न बाध्य नागरिकलाई ठूलो राहत दिने भएको छ ।
देउवा सरकारले गरेको निर्णय हो, विजुलीको महसुल घटाउने र २० युनिटसम्म उपभोग गर्नेलाई निशुल्क बिजुली दिने निर्णय । प्रधानमन्त्री देउवाको निर्देशन र नेपाल विद्युत प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले यो निर्णय गरेको हो ।
यो निर्णय आउँदो महिनादेखि लागु हुनेछ । आयोगले घटाइएको नयाँ महशुल दर कायम गरेको छ । नयाँ महशुल दर आगामी मंसिरदेखिको विद्युत खपत र पुस महिनादेखिको बिलिङ्गमा लागू हुने गरी विद्युत उपभोक्ता महशुल दर निर्धारण गरिएको हो ।