देउवा र मोदीबीच गोेप्य भेटवार्ता !

बिहिबार, ११ कार्तिक २०७८

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गोप्य रुपमा भेटवार्ता हुने भएको छ ।

स्कटल्याण्डको ग्लास्गोमा उनीहरुबीच गोप्य भेटवार्ता हुने भएको हो । ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप–२६)का क्रममा देउवा र मोदीबीच साइडलाइन वार्ता हुने भएको हो ।

सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार (कात्तिक १२ गते) स्कटल्याण्ड प्रस्थान गर्दैछन् ।

त्यहाँ हुने साइड लाइन वार्ताका लागि नेपालले गरेको आग्रह भारतले स्वीकार गरिसकेको प्रधानमन्त्री निकट स्रोतले बतायो । देउवा र मोदीबीच २०७४ सालयता भेटवार्ता भएको छैन ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ ।

प्रधानमन्त्री देउवा भने १२ गते स्कटल्याण्ड गएर १८ गते नै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतले भ्रमणका लागि बोलाएको छैन् । पहिला पहिला प्रधानमन्त्री नियुक्त भएकै दिन मोदी टेलिफोन गरी भ्रमणका लागि बोलाउने गरेका थिए ।

भारतले मन पराएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पदच्युत गरेपछि भारत रिसाएको छ । भारतले देउवा प्रधानमन्त्री बनेको रुचाएको छैन् ।

देउवाले सम्बन्ध सुधारको प्रयास स्वरुप दुतहरु पठाएर वार्ता गरिरहेका छन् । तर उक्त वार्ताले पनि निश्कर्ष निकाल्न सकेको छैन् ।