एमालेबारे खुमल्टार पुग्यो गोप्य सूचना, ओलीलाई छटपटी

बिहिबार, ११ कार्तिक २०७८

काठमाडौँ – नेकपा एमाले फेरी फुट्न लागेको गोप्य सूचना नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवास खुमल्टार पुगेको छ ।

एमाले भित्रको तेश्रो धारका रुपमा उदाएको १० भाइको टिमले एमाले फुटाउन लागेका गोप्य सूचना खुमल्टार पुगेको प्रचण्ड स्वयमले खुलासा गरेका छन् ।

चितवनको माडीमा आयोजित एक कार्यक्रममा प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी एउटाबाट दुईवटा र तीनवटा भएको र अब चारवटा हुने खतरा रहेको बताए । यद्यपि, यसलाई व्याख्या भने गरेनन् ।

चितवनको माडीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘मेरै प्रस्तावमा वाम गठवन्धन गरेर साझा घोषणा पत्र र उम्मेदवारसहित निर्वाचनमा गएका थियौं । एक अध्यक्षलाई प्रधानमन्त्री बनाउने भनेर मैले पहिल्यै प्रतिबद्धता जनाएको थिएँ ।

‘त्यसबेला ओलीजीलाई ल्याएर माडीलाई मणी बनाउने भनेका थियौं ।’ प्रचण्डले भने, ‘तर, अहिले दुर्भाग्य भनौं, पार्टी बडो प्राविधिक तरिकाले, बडो अप्राकृतिक तरिताले दुईवटा भयो ।’

उनले अगाडि भने, ‘अहिले तीनवटा भएको छ । अझै चारवटा हुनसक्ने पनि खतरा छ । बडो बिडम्बना पनि भन्नुपर्छ ।’

एमाले र माओवादी मिलेर बनेको नेकपा सर्वोच्च अदालतको फैसलापछि विभाजित भएको थियो ।

त्यसयता एमाले पनि विभाजन भएर नेकपा समाजवादी बनेको छ । एमालेभित्रै एउटा समूह अझै पनि असन्तुष्ट छ ।

उनीहरूले फेरि नयाँ पार्टी बनाउन सक्ने प्रचण्डले संकेत गरेका हुन् ।