एकविहानै ओलीले सुन्न पर्यो दुःखद खबर, चर्चित नेताले गरे समाजवादी पार्टीमा प्रबेश
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहान विहानै दुःखद खबर सुन्न परेको छ ।
एमालेका एक गाउँपालिका इन्चार्जसमेत रहेका जिल्ला कमिटि सदस्यले एमाले परित्याग गरी एकिकृत समाजवादीमा प्रबेश गरेपछि ओलीलाई झट्का लागेको छ ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बलेफी गाउँपालिका इन्चार्ज डिबि थापा नेकपा एसमा प्रबेश गरेका हुन् ।
एकीकृत समाजवादी पार्टी सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा आयोजित बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई बधाई तथा शुभकामनामा कार्यक्रममा उनीले पार्टी परित्याग गरी नेकपा एसमा प्रबेश गरेका हुन् ।
नेकपा एकिकृत समाजवादी पार्टी सिन्धुपाल्चोक जिल्ला कमिटीले काठमाडौँको बानेश्वर स्थित होटल अर्यालमा एक कार्यक्रमको आयोजना गरि नवनियुक्त मुख्यमन्त्रीलाई बधाई तथा शुभकामना दिएको हो ।
नवनियुक्त मुख्यमन्त्रीलाई बधाई तथा शुभकामना कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बलेफी गाउँपालिका इन्चार्ज डिबि थापा पुराना नेताहरु राजेन्द्र श्रेष्ठ, लिला श्रेष्ठ लगाएत प्रबेश गरेका हुन् ।
पार्टी प्रबेश गर्नेमा अन्य चर्चित नेता तथा कार्यकर्ताहरु पनि रहेको बताइएको छ ।
एकिकृत समाजवादी सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य रवि भण्डारीका अनुसार एमालेबाट दर्जनौँ नेता कार्यमर्ता आफ्नो पार्टीमा प्रबेश गरेको बताए ।
नेकपा एमाले फुटेर बनेको एकीकृत समाजवादी पार्टी धु्रविकरणलाई तिव्रता दिएको छ ।