रक्सी र चुरोटबाट छुटकारा पाउने गजवको तरिका
काठमाडौँ – यदि तपाइँको बानी राम्रो छैन भने तपाईंको चरित्र कहिल्यै असल हुन सक्दैन । जो व्यक्तिको बानी असल छ, जीवनमा त्यो विरलै असफल हुन्छ ।
बानीको विषयमा विभिन्न विद्वानहरूको एउटै मत के छ भने जो व्यक्ति जीवनमा असल बानीको विकास गर्न सक्छ, त्यो सर्वदा सुखी र शान्त रहन्छ । बानीको परिभाषा विभिन्न विचारकहरूले फरक–फरक ढंगले गरेका भए पनि सबैको निष्कर्ष उस्तै छ, सबैको निचोड एउटै छ ।
सबैको आशय के छ भने मनुष्यको स्वभाव उसको बानी हो । एकजना विद्वानले भनेका छन्, ‘चरित्र असल आचरणको संग्रह हो ।’
यो भनाईमा सत्यता छ । यदि आचरप्प असल भएन भने चरित्र कहिले पनि उत्कृष्ट बन्न सक्दैन । जुन व्यक्तिको आचरण असल छ, त्यो व्यक्ति जीवनमा विरलै असफल हुन्छ । यदि असफल नै भयो भने पनि कुनै अन्य कारणले गर्दा हुन सक्छ । सफलताको लागि आवश्यकता छ तपाइको असल आचरण ।
यदि तपाई सोच विचार गरेर असल बानी बसाल्नुहुन्छ भने त्यो तपाइँको दोस्रो परिचय बन्दछ । यही बानीले नै डोयाउँदै तपाइँलाई निरन्तर मार्गनिर्देशन गरिराखेको हुन्छ ।
असल बानीको विजारोपण बालककालमा नै हुन्छ । केटाकेटीदेखि नै असल–असल आचरणको शिक्षा दिनुपर्दछ । तपाइँ यदि आफ्ना सन्तान योग्य बनोस् भन्ने चाहना राख्नुहुन्छ भने उसलाई चाँडै नै उचित शिक्षाको प्रबन्ध गरिदिनुस् । सानैदेखि असल बानी बसालिदिनुस् ।
प्रायः तपाइँले देख्नुभएको होला, बच्चा विछ्यौनामा नै पिसाब गरिदिन्छन् । यदि यो क्रम रहिरहयो भने बच्चाको बानी नै यही बस्न सक्छ । यदि प्रारम्भदेखि नै विछ्यौनाबाट अलग्गै पिसाब गराउने बानी भएको बालकको गलत बानी विकास हुन पाउँदैन ।
पिसाब गर्ने इच्छा हुने बित्तिकै रोएर वा चलमलाएर उसको संकेत दिइहाल्छ । साना साना केटाकेटी जब बोल्ने, चल्ने, उफ्रने गर्न थाल्दछन्, उनीहरूलाई तिनका आमाले धेरै कुराको साथसाथै झुठो बोल्न पनि सिकाइदिन्छन् ।
बच्चा झुठो बोल्न सिक्दछ, ऊ झुठो बोल्न सुरू गर्दछ र यो उसको बानी नै पर्दछ । केही ठूलो भएपछि जब ऊ माता पितासँग झुठो बोल्न थाल्दछ त उनीहरू गाली गर्ने, पिट्ने गर्न थाल्दछन् । जब कि यसको लागि उनीहरू स्वयं नै जिम्मेवार छन् ।
त्यसैले केटाकेटीलाई गलत कुरा सिक्नबाट बेलैमा रोक्नुस् । जे तपाइँ सिकाउनुहुन्छ, त्यही उसको बानी बन्दछ, त्यही उसको चरित्र बन्दछ । मानिसले बाल्यावस्थामा जे सिक्दछ त्यो धेरैजसो उसको बानीको रूपमा विकास भइसकेको हुन्छ । उसले चाहे पनि त्यस बानीलाई बदल्न वा छोड्न सक्दैन ।
तपाइँलाई चुरोट खाने वा रक्सी खाने बानी परेको छ भने तपाइँ विवश हुनुहुन्छ । छोड्न चाहनु भएर पनि छोड्न सक्नुहुन्न । भन्नुहोला, आजमात्र खान्छु, भोलिबाट छोड्छु, तर त्यो भोलि कहिल्यै आउँदैन ।
तपाइँ दुई तरिकाबाट त्यस्तो बानीबाट छुट्कारा पाउन सक्नुहुन्छ । पहिलो, तपाइँ जुन बानीबाट छुटकारा चाहनुहुन्छ, यो नसोच्नुस् कि भोलिदेखि छोड्छु । आजैबाट अहिल्यैदेखि सुरू गरिहाल्नुस् छोड्नको लागि ।
चुरोट आज चाहि कुनै हालतमा पनि खाँदिन भोलिको कुरा हेरौला । रक्सी आज छुदै छुन्न, भोलिको कुरा भोलि नै ्र जब भोलि हुन्छ तपाइँ भन्नुस् कि आज चाहि नाईं, भोलि देखा जाला ।
बस्, जब प्रत्येक भोलि आज हुन्छ, आजको लागि मात्र छाड्दिनुस् । अर्के बानीको विकास हुन थाल्दछ, तपाइँ चुरोट र रक्सीबाट छुटकारा पाउन सफल हुनुहुन्छ ।