साउदीमा तिहार कार्यक्रम भव्यताका साथ सम्पन्न
रियाद – साउदी अरेबियामा रहेको सिर्जना साँस्कृतिक समूहद्वारा शुभ दिपावली, देउसी भैलो कार्यक्रम लगायत बिभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको सुरूवात पानसको बती बालेर बासुरी धुनसँगै उद्घाटन गरिएको थियो । साथै राष्ट्रिय गानले कार्यक्रमको शोभा समेत बढाइएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्णलाई विज्ञान राईले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए ।
कार्यक्रमको सभापतित्व अमृत पौडेल, प्रमुख अतिथि दिपक रेग्मी, बिशेष अतिथि जितेन्द्र थपलिया, अतिथि विज्ञान राई, नवराज थापा ,महेश घिमिरे, मनिश थापा, कमल शाही निर्मल, महेश घिमिरे, शोहित भुसाल, रुपक वाईवा, हेम सुबेदी, सुजन घिमिरे, पारस काफ्ले, अमृत घिसिङ लगायत साउदीमा रहेका एन आर एन, भातृसंगठन, सामाजिक व्यक्तित्व, मिडीयाकर्मी, कलाकार, व्यवसायी, संस्थाका पदाधिकारीहरु लगायत बिभिध बिधामा आवद्ध रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहनुको साथै उपस्थित केही अतिथिले मनतव्य मार्फत संस्थाले गरेका कार्यहरू प्रती हार्दिक धन्यवाद र शुभकामना समेत दिएका थिए ।
साथै, कार्यक्रम संचालन नागेश तामाङले गरेका थिए।
संस्थाका अध्यक्ष अमृत पौडेलका अनुसार नेपालीहरूको महान चाड तिहारलाई मध्यनजर गर्दै प्रवासमा रहेर पनि आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्नु पर्ने र संस्थाका मुख्य उद्देश्य प्रवासमा रहेका नेपाली भित्र लुकेका गला र कलालाई प्रोत्सान गर्न यो कार्यक्रमको आयोजना गरिएको बताए ।
कलाकारको उत्पादन गदै समाजमा साँस्कृतिद्वारा सन्देश दिनु उो कार्यक्रमको मुख्य उद्येश्य रहेको उनको भनाई थियो ।
कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै संस्थाले साउदीमा रहेका हरेक क्षेत्रमा आवद्ध नेपाल भित्र रहेको कलालाई संस्थामा आवद्ध गराई कलाको सम्मान गदै कदर गरिने जानकारी दिएका छन ।
कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि भौतिक नैतिक तथा आर्थिक सहयोग गर्ने सम्पूर्णलाई हार्दिक आभार सहित धन्यबाद ब्यक्त गदै उठेको रकम भविष्यमा सामाजिक समस्या समाधानमा सदुपयोग गर्ने जानकारी दिएका छन ।
कार्यक्रममा देउसी भैलो, लगायत बिभिन्न साँस्कृति कार्यक्रम आयोजना संगै कार्यक्रममा उपस्थित सम्पूर्णलाई मध्यनजर गदै फ्री स्वास्थ्य चेकअफ गर्नुको साथै लक्की ड्र समेतको आयोजना गरिएको थियो भने कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागी आर्थिक सहयोग समेत उपलब्ध भएको थियो ।
साउदीमा रहेको सिर्जना साँस्कृतिक समूह २०११ सालमा कृष्ण थापाको अध्यक्षता तथा बिज्ञान राई र नगेश तामाङको नेतृत्वमा स्थापना भएको थियो ।
यो संस्था सबैको साझा संस्थाको रूपमा रहेको छ भने साउदीमा रहेका बिभिन्न संघ संस्था, दुतावास,,भातृसंगठन, सामाजिक व्यक्तित्व संग समन्वय गरि सामाजिक कार्य गदै आइरहेको छ।