मन्त्रीपरिषदका निर्णय सार्वजनिक, प्रचण्डकी छोरीलाई यति ठूलो उपहार
काठमाडौँ – सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । सार्वजनिक निर्णय अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की छोरीलाई चिठ्ठा परेको छ ।
सरकारले नेपाल कृषि तथा वन सेवा समूह समूहीकरणतर्फ राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा निरु दाहाल (पाण्डे)लाई बढुवा गर्ने निर्णय गरेको छ । पूर्व वन मन्त्री शक्ति बस्नेतको दवावमा प्रचण्डले उक्त निणर्य गर्न लगाएको श्रोतको दावि छ । दाहालले प्रचण्डलाई बुवा मान्दै आएकी छन् ।
त्यस्तै, सरकारले ले मोतिपुर औद्योगिक करिडोर घटनामा ज्यान गुमाउनेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।
मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि बताए।
उनले कुस्मामा ४ सय केबी सब स्टेशन र जुम्ला सब स्टेशनका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने, कीर्तिपुर नगरपालिका र चीनको वाइ प्रोभिन्सस्थित हु ह्याङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्विकृती दिने निर्णय भएको पनि बताए।
लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको जेनेभामा सञ्चालन हुने स्पेशल सेसन अफ द वल्र्ड हेल्थ एसेम्ली, डब्ल्यूएचए ७४ (१६) कार्यक्रममा सहभागी हुन स्वीकृत दिने निर्णयसमेत गरेको छ।
बैठकका निर्णय सुनाउँदै प्रवक्ता कार्कीले भने, ‘हालसालै बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने, मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने, कुस्मामा ४ सय केबी सब स्टेशन र जुम्ला सब स्टेशनका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने निणर्य गरेको छ ।’
उनले अगाडि भने, ‘नेपाल कृषि तथा वन सेवा समूह समूहीकरण तर्फ राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा निरु दाहाल (पाण्डे)लाई बढुवा गर्ने, कीर्तिपुर नगरपालिका र चीनको वाइ प्रोभिन्सस्थित हु ह्याङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्विकृति दिने, लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को जेनेभामा सञ्चालन हुने स्पेशल सेसन अफ द वल्र्ड हेल्थ एसेम्ब्ली, डब्ल्यूएचए ७४ (१६) कार्यक्रममा सहभागी हुन स्वीकृत दिने निर्णय गरेको छ।’
मन्त्री कार्कीले खोप लगाउन योग्य बालबालिकादेखि वृद्धसम्म सबैलाई खोप लगाउने सरकारको नीति रहेको बताए।