गाउँपालिका अध्यक्षसहित सयौँ नेता कार्यकर्ता माओवादीमा प्रबेश

बुधबार, २४ कार्तिक २०७८

सुर्खेत – एउटा गाउँपालिका अध्यक्षसहित विभिन्न पार्टीका सयौँ युवाहरु नेकपा माओवादी केन्दमा्र प्रबेश गरेका छन् ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङसहित तीन वटा वडाका वडाध्यक्षसहित सयौँ युवा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

गुरुङसहित वडा नम्वर १ का अध्यक्ष क्याल्पो थापा भोटे, वडा नम्वर २ का अध्यक्ष छोईक्याप भोटे, वडा नम्वर ३ का अध्यक्ष पाल्जाङ लामा छन् ।

त्ययस्तै, वडा नम्वर ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ पनि माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनीहरु पार्टीमा स्वागत गरेका छन् ।

कार्यक्रममा कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेत, अर्थमन्त्री जनार्दन शर्मा, पूर्व शान्तिमन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्य पहाडीको उपस्थिती हरका थियो ।

उनीहरूलाई पार्टी प्रवेश गराउन अध्यक्ष प्रचण्डसहित टोली डोल्पा पुगेका थिए ।

गुरुङ स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपम विजयी भएका थिए ।

पार्टी प्रबेश गर्ने नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपाका नेता कार्यकर्ता पनि छन् ।