कस्सिएर तातापानी पुगेका अर्थमन्त्री शर्मा रुदै घर फर्किए

बुधबार, २४ कार्तिक २०७८

काठमाडौँ – तातोपानी नाका खोलाउन भन्दै गएका अर्थमन्त्री रित्तो हात फर्किएका छन् । खासा नाकामा चिनियाँ अधिकारीहरुले नेपालका अर्थमन्त्री जनार्दन शर्मा र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको अपमान गर्दै फिर्ता पठाएका छन् ।

चिनिया अधिकारीहरुले शर्मा र सापकोटासँगको भेटवार्ता गर्न अस्वीकार गरेपछि उनीहरु नमाजा मान्दै काठमाडौँ फर्किएका छन् ।

अर्थमन्त्री र सभामुखसहितको टोली कार्तिक २२ गते टाटीपानी–खासा बिन्दुको भ्रमणमा गएका बेला चिनियाँ अधिकारीहरुले भेटवार्ता गर्न अस्वीकार गरेका हुन् ।

चिनियाँ अधिकारीहरुले अर्थमन्त्री शर्मा र सभामुख सापकोटासहितको टोलीलाई भेटवार्ता गर्न अस्वीकार गरेपछि अपमान भएको नेपाली टोलीको निष्कर्ष छ ।

चिनियाँ अधिकारीहरूले अर्थमन्त्री शर्मा र सभामुख सापकोटासहितको टोलीलाई अहिले कुनै भेटघाटको कार्यक्रम हुन नसक्ने बताएका थिए । चिनियाँ अधिकारीले बहाना बनाउँदै भनेका थिए,‘ वरिष्ठ अधिकारीहरु आधिकारिक टुरमा बेइजिङ्ग गएका छन्, त्यसैले कुनै भेटघाटको कार्यक्रम हुँदैन ।’

नाका तथा भन्सार कार्यालयको निरीक्षणमा पुगेका मन्त्री शर्माले चीन सरकारको सहयोगमा निर्मित सुख्खा बन्दरगाहको समेत निरीक्षण गरेका थिए । कोरोना महामारीका कारण हाल तातोपानी नाका प्रायः बन्द रहेको छ । प

छिल्लो समय करिब एक दर्जन मालबाहक सवारी नेपाल भित्रिने गरेका छन् । नाकाबाट अधिकांश तयारी कपडा भित्रिने गरेको तातोपानी भन्सारले जानकारी दिएको छ ।

त्यस्तै स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, ओखरलगायतका मालवस्तु भित्रिने गरेका छन् ।

सोमबार नाका क्षेत्रको निरीक्षण तथा अवलोकनका लागि सभामुख अग्नीप्रसाद सापकोटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, भन्सार विभागका महानिर्देशक नारायण सापकोटालगायतको टोली तातोपानी नाका पुगेका थिए ।