प्रचण्डलाई के भयो यस्तो ? अस्पतालबाट आयो यस्तो खबर

शनिबार, २७ कार्तिक २०७८

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरामी परेका छन् । सामान्य चेक जाँचका लागि अस्पताल गएका प्रचण्डलाई अस्पतालले भर्ना गरेको छ ।

रक्तचाप बढेपछि उनी ललितपुरको मेडिसिटी अस्पताल गएका उनलाई चिकित्सकले भर्ना गरेर उपचार गर्न पर्ने बताएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

अध्यक्ष प्रचण्डकी छोरी तथा स्वकीय सचिव गंगा दाहालले अस्पताल भर्ना भएको पष्टि गरिन् ।

उनका अनुसार कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण प्रचण्डलाई रक्तचाप बढ्न गएको हो ।

‘अहिले अवस्था सामान्य रहेको र चिकित्सकका सल्लाह अनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिनेछ’ उनले फेसबुकमा लेखेकी छन् ।

प्रचण्ड डोल्पा पुगेर डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ र तीन वटा वडाका वडाध्यक्षसहित सयौँ युवालाई माओवादी केन्द्रमा प्रवेश गराएका थितए ।

गुरुङसहित वडा नम्वर १ का अध्यक्ष क्याल्पो थापा भोटे, वडा नम्वर २ का अध्यक्ष छोईक्याप भोटे, वडा नम्वर ३ का अध्यक्ष पाल्जाङ लामा छन् । त्यस्तै, वडा नम्वर ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ पनि माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेत, अर्थमन्त्री जनार्दन शर्मा, पूर्व शान्तिमन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्य पहाडीको उपस्थिती हरका थियो ।

उनीहरूलाई पार्टी प्रवेश गराउन अध्यक्ष प्रचण्डसहित टोली डोल्पा पुगेका थिए । गुरुङ स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपम विजयी भएका थिए ।