धनगढीबाट खुशीको खबर आएपछि आरजु राणाले दुई फिट उफ्रिर खुशी मनाइन्
काठमाडौं – नेपाली कांग्रेसकी नेत्रृ डा. आरजु राणा देउवालाई बेलुका पख खुशीको खबर प्राप्त भएको छ ।
सभापति शेरबहादुर देउवापत्नी समेत रहेकी राणाले आफ्नो निर्वाचन क्षेत्रमा भएको वडा अधिवेशनमा अधिकांश वडामा उनी निकटका युवाहरु निर्वाचित भएपछि खुशी भएकी हुन् ।
कैलालीको क्षेत्र कैलाली–५ मा वडा अधिवेशनबाट नयाँ कीर्तिमान बनेको छ । धनगढी उपमहानगरपालिकास्थित ४ नम्बर वडाको अधिवेशनबाट सन्तोष रावल कैलाली जिल्लाकै कान्छा वडा सभापति बनेका छन् ।
उनी डा. राणाको वडा धनगढी–४ बाट सभापति निर्वाचित भएका छन् ।
नवनिर्वाचित रावलले निवर्तमान सभापति अनन्तराज जोशीलाई ४४ मतको पराजित गरेका छन् ।
रावलले १४९ मत प्राप्त गरेका छन् भने प्रतिद्वान्दी अनन्तराज जोशीले १०५ मत पाएका छन् । जोशीले गएको प्रतिनिधिसभाको निर्वाचनमा असहयोग गरेको आरोप लाग्दै आएको छ ।
सबैभन्दा कान्छा अर्थात् २५ वर्षीय रावल सानै उमेरमा तरुण दल क्षेत्रीय सदस्य हुँदै लोकतान्त्रिक निर्माण व्यवसायी संघ कैलालीका सहसचिव समेत भएका छन् ।
१३औं महाधिवेशनमा क्रियाशील सदस्य भएर मूलधारको राजनीतिक यात्रा सुरू गरेका रावल चुनावबाटै वडा सभापति बनेका छन् ।
चुनावमा असहयोग गर्नेलाई वडामै ठेगान लगाएपछि आगामी निर्वाचन जित्न सकिने भन्दै राणा खुशी भएकी हुन् ।