संसद भवन बाहिर आत्मघाती विष्फोट

बुधबार, १ मंसिर २०७८

काठमाडौँ – संसद भवन बाहिर दुई वटा आत्मघाती विस्पोट भएका छन् । यो युगाण्डाको खबर हो ।

राजधानी कम्पालामा भएका दुई आत्मघाती हमलामा कम्तीमा तीन जनाको ज्यान गएको मृत्यु छ भने ३० जना भन्दा धेरै घाइते भएका छन् ।

यी विष्फोट तीन मिनेटको अन्तरमा भएका प्रहरीको भनाई छ । ज्यान गुमाउनेमा प्रहरी पनि छन् ।

घाइते मध्ये ३० जनाको अवस्था गम्भीर छ । विष्फोटपछि शरीरका टुक्राहरू यत्रतत्र छरिएका अवस्थामा भेटिएका छन् ।

ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् ।

चरमपन्थी संगठन इस्लामिक स्टेटले हमलाको जिम्मेवारी लिएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका तीन हमलाकारीले संसद र प्रहरी मुख्यालयलाई निशाना पारेर विष्फोट गराएका थिए ।

अहिले पनि सहरका विभिन्न क्षेत्रमा बम फेला परिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले विष्फोटक ज्याकेट लगाएका एक हमलाकारीलाई पक्राउ गरेको छ । विष्फोटपछि संसद भवनको बाहिर पार्किङ गरिएका सांसदहरूका गाडीमा आगो लागेको छ ।