उमेदवारी घोषणा गरेको भोलीपल्टै भिम रावलले सुन्नपर्यो दुःखद खबर
काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीरबहादुर रावलले आगामी १०औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उमेद्वारी दिने घोषणा गरेका छन् ।
रावलले आइतवार उमेदवारी दिने घोषणा गरेका थिए । अध्यक्षमा उमेदवारी घोषणा गरेको भोलीपल्टै रावल ठूलो तनावमा परेका छन् ।
मंसिर १० देखी १२ गते सम्म चितवनमा हुने नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा वर्तमान अध्यक्ष केपी ओलीलाई चुनौती दिँदै रावलले पनि अध्यक्षमा उमेदवारी घोषणा गरेका थिए । तर भोली पल्टै उनले अप्रीयकर खबर सुन्नु परेको छ ।
रावलले साँचै आफ्नो उमेदवारीमा टिकेराखे र अन्तिममा मतदान सम्म हुने अवस्था आयो भने लज्जास्पद पराजय बेहोर्नु पर्ने प्रक्षेपण बाहिर आएको छ ।
ओली सँग अध्यक्ष प्रतिस्पर्धा गर्ने हो भने रावलले जम्मा १० भोट पनि कटाउँन नसक्ने हिसाब किताब बाहिरिएको छ ।
काठमााडौँमा भएको नेकपा एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष पदमा सबैभन्दा लोकप्रिय मत ल्याएर विजयी बनेका रावल दशाँै राष्ट्रिय महाधिवशेन सम्म पुग्दा लज्जास्पद पराजयको नजिक पुगेको विश्लेषण गर्न थालिएको छ ।
रावलले राजनितिक जीवनकै सबैभन्दा ठूलो भुल गरेको चर्चा पनि सुुरु भएको छ ।
भिम रावलले ओलीलाई चुनौती दिँदै अध्यक्षमा उमेदवारी घोषणा गरे पछि एमाले वृतमा यसले ठूलो हलचल ल्याएको छ । एमालेका देशभरका नेता कार्यकर्ताहरु अहिले रावलमाथी खनिएका छन् ।
उमेदवारी फिर्ता लिनुनै उनको लागी स्वस्थकर हुने सुझावहरु पनि आइरहेको छ ।
कुनै समय भिम रावल सँग निकै नजिक रहेको काम गरेका सुदुरपश्चिम प्रदेशकै एक चर्चित नेताले रावलको राजनितीनै समाप्त हुन सक्ने सम्भावना आफुले देखेको बताए ।
चुनावमा गएमा रावलले १० भोट पनि ल्याउँने नसक्ने दावी उनले गरेका छन् ।
कतिपयले भने भिम रावलको उमेदवारीलाई रणनीतिकक रुपमा पनि व्याख्या गरेका छन् । अहिले अध्यक्ष भनेर चर्चा गर्दा कम्तीमा उपाध्यक्षसम्म दिन ओलीलाई तयार पार्न यसो गरिएको भन्नेहरु समेत भेटिएका छन् ।
भिम रावलको चलाखी उपाध्यक्ष सुरक्षित गर्न अध्यक्ष दावी हुन सक्ने अनुमान पनि गरिएको छ ।