प्रधानमन्त्री देउवाले गरेको प्रस्ताव प्रचण्डले गरे ठाडै अस्वीकार

मंगलबार, ७ मंसिर २०७८

काठमाडौं – नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ठाडै अस्वीकार गरेको खुलासा भएको छ ।

देउवाले पाँच वर्ष प्रधानमन्त्री बन्न अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेको खुलासा भएका हो ।

सभापति देउवाले लेखेरै पाँच वर्ष प्रधानमन्त्री बन्न विगतमा गरेको प्रस्ताव आफूले अस्वीकार गरेको प्रचण्डले नै बताएका हुन् ।

मंगलबार पार्टी निकट शिक्षकहरुको सम्मेलनमा बोल्दै प्रचण्डले भने ‘देउवाजीले पाँच वर्ष प्रधानमन्त्रीको प्रस्ताव गर्दा मैंले मानिनँ, पछि मैंले नै देउवाजीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुपर्यो ।’

सिद्धान्तको राजनीतिका लागि देउवाको विगतको प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।

‘सबै मन्त्री आफ्नै हुने र प्रधानमन्त्री बन्ने । वैचारिक आस्था जनताको अगाडि गरिएको प्रतिवद्धता र निष्ठाका तोडेर जान मानिनँ,’ प्रचण्डले भने ।

अहिले घुम्दै देउवाजीलाई प्रधानमन्त्री बनिदिनुहोस् म बाहिर बस्छु भन्ने अवस्था आएको उनले बताएका छन् ।

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचन पश्चात देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गरेको बताएका हुन् ।

त्यतिबेला प्रचण्डले एमालेसँग पार्टी एकताका लागि देउवाको प्रस्तावलाई अस्वीकार गरेका थिए ।