अमेरिकी राष्ट्रपति बाइडेनले गरे प्रधानमन्त्री देउवालाई फोन, के–के भयो कुराकानी ?

बिहिबार, ९ मंसिर २०७८

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिएका छन् ।

अमेरिकाले आयोजना गरेको प्रजातान्त्रिक शिखर सम्मेलनमा सहभागी हुन् निम्तो दिएका हुन् ।

बाइडेनले नेपालका सरकार प्रमुखसहित ११० देशका प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेका छन् ।

भर्चुअल माध्यमबाट हुने सम्मेलनमा सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ ।

लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागिताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिलाई निमन्त्रणा गरेको हो ।

सम्मेलन आगामी डिसेम्बर ९ र १० तारिखमा हुने तय भएको हो ।

सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

बङ्गलादेश, भुटान, श्रीलङ्का र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरूको सूचीमा छैन ।

बाइडेनले प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुत बनाउन सम्मेलनको आयोजना गरेको बताए ।