प्रदिप ज्ञवालीलाई चिठ्ठा, विष्णु पौडल र शंकर पोखरेल हेरेको हेर्यौ
काठमाडौँ – नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा जारी छ । महाधिवेशनमा अध्यक्षका लागि केपी ओली र भीम रावल तथा महासचिवमा विष्णु पौडल र शंकर पोखरेलबीच आकांक्षी देखिएका छन् ।
महासचिवका आकांक्षी पौडेल र पोखरेल ओली गुटका हुन् । उनीहरु दुबै जना एकले अर्कोलाई स्वीकार्ने अवस्था नआएको खण्डमा प्रदिप ज्ञावलीले महासचिवमा बाजी मार्ने सम्भावन बढेको छ ।
चितवनमा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा महासचिव को ? भन्ने विवाद सबैभन्दा पेचिलो बनेर गएको छ ।
अध्यक्ष सर्वसम्मत भए पनि निर्वाचन भए पनि ओलीनै दोहोरिने पक्का छ तर विशेष गरि वरिष्ठ उपाध्यक्ष र महासचिवमा को आउँने भन्ने बिषय सबैभन्दा पेचिलो बन्दै गएको छ ।
पदाधीकारी र केन्द्रीय सदस्यको संख्या थपेर सर्वसम्मत नेतृत्व चयनको प्रयास अध्यक्ष ओलीले गरे पनि महासचिवमा अहिलेसम्म बिष्णु पौडेल र शंकर पोखरेल टस की मस भएका छैनन् । पौडेल र पाखेरेलले दाबी छोड्ने कुनै जनाउँ दिएका छैनन् ।
पोखरेल कि पौडेल महासचिव बन्ने विवाद पेचिलो बन्दै जाँदा नयाँ पात्रले महासचिवमा बाजी मार्ने सम्भावना पनि देखिन थालेको स्रोतको दाबी छ । सहमती हुने सर्तमा मात्रै आफुले त्याग गर्ने नभए आफ्नो पनि दावी महासचिवमा रहने सचिव प्रदिप ज्ञवालीले बताएका छन् ।
बिषणु पौडेल र शंकर पोखरेले कुनै हालतमा महासचिवको दावी नछोेडेमा चुनाव नगर्ने तर प्रदीप ज्ञवालीलाई ओलीले महासचिव प्रस्ताव गर्न सक्ने चर्चा पनि चल्न थालेको छ । सहमती भएमा भने आफु सहमतीको कुनै बाधक नबन्ने ज्ञवालीले बताएका छन् । सहमती भएमा ज्ञवालीले उपमहासचिवको आकांक्षा राखेका छन् ।
शुक्रबार राति बसेको एमाले नवौं महाधिवेशनको अन्तिम बैठकले उपाध्यक्ष र उपमहासचिव २र२ जना थप्ने निर्णय गरेको थियो। सर्वसम्मतिमा नेतृत्व छान्न सजिलो होस् भनेर केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने र पोलिटब्युरो पनि ब्युँताउने निर्णय पनि उक्त बैठकले गरेको छ।
पदाधिकारी थपिए पनि महासचिव एक जनामात्रै रहेका पौडेल र पोखरेलमध्ये को उक्त पदमा बस्ने भन्ने टुंग्याउन कठिन रहेको एक केन्द्रीय सदस्यले बताए।उनका अनुसार बन्दसत्र सुरू हुनुअघि नेताहरू छलफलमा व्यस्त भएका छन्।
ती केन्द्रीय सदस्यका अनुसार एमाले सचिव प्रदीप ज्ञवालीले पनि सहमति नहुने हो भने महासचिवमा आफ्नो पनि दाबी हुने बताएका छन्।पौडेल, पोखरेल र ज्ञवाली तीनै जना अध्यक्ष ओलीका निकट र विश्वासपात्र हुन्।
कम्युनिस्ट पार्टीमा अध्यक्षपछि महासचिव शक्तिशाली हुन्छ। यो महाधिवेशनमा चुनिने महासचिवलाई एमालेको आगामी अध्यक्षका रूपमा हेरिँदैछ।ओलीले वैचारिक र आफ्नो लिगेसीका आधारमा पोखरेललाई साथ दिन सक्छन् भन्ने एकथरीको अनुमान छ।
पौडेल र पोखरेल दुवैसँग निकट एक एमाले नेताका अनुसार ओलीले पौडेललाई भन्दा पोखरेललाई मन पराउँछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले समेत पोखरेललाई अघि बढाउन चाहेकी छन्।