भीम रावलले भर्खरै गरे डरलाग्दो निर्णय, एमालेमा खैलाबैला

आइतबार, १२ मंसिर २०७८

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलल नयाँ घोषणा गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीसँग झोँक्किदै नयाँ घोषणा गरेका हुन् ।

१९ मिनेटको अन्तरमा सामाजिक संजालमा दुई वटा ट्वीट गर्दै उनले ओली प्रवृत्तिको आलोचना गरेका हुन्।

उनले पहिलो ट्वीटमा लेखेका छन्, ‘एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारी सम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरूद्धमा छ।’

१९ मिनेटपछि उनले अर्को ट्वीट गर्दै उनले लेखेका छन्, ‘दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो। यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।’

यसबाटै एमालेको महाधिवेशनले दिने सन्देश के हुन्छ भनेर स्पष्ट बुझ्न सकिन्छ। गत शुक्रबारदेखि चितवनमा भइरहेको महाधिवेश आज सकिनु पर्ने हो। तर के हुन्छ भनी यसै भन्ने अवस्था छैन ।

गोप्य स्थलमा बसेर केन्द्रीय कार्यसमिति चयन गर्नु उपयुक्त नभएको उनको निष्कर्ष छ ।

उनी अध्यक्षमा उम्मेदवारी दिनका लागि हिजोदेखि नै प्रचारप्रसारमा थिए। तर ओली भने खल्तीबाट नाम तयार गरेर कार्यसमिति तयार गर्न लागिपरेका छन ।

ओली प्रवृत्तिको खुलेर विरोध गर्ने उनी एक्ला हुन्।

केपी ओली प्रवृतिका कारण रावलले पार्टी छोडे एमाले फेरी पनि ध्वस्त हुनेछ।