माओवादी केन्द्रले पनि बनायो शैक्षिक परामर्श व्यवस्सायीको संगठन, कटुवाल बने अध्यक्ष
काठमाडौँ – नेकपा माओवादी केन्द्र निकट शैक्षिक परामर्श व्यवसाय शाखाको प्रथम भेला सम्पन्न भएको छ ।
भेलाले युवाराज कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
आइतबार सम्पन्न भेलाले उपाध्यक्षमा अमित बाबू ढुङ्गाना, गिता रिजाल, रमेश वाग्लेलाई निर्वाचित गरेको छ ।
त्यस्तै, सचिवमा भवनाथ हुमागाइ, सहसचिवमा किशोर दुलाल, कोषध्यक्षमा प्रकाश पुन लगायत निर्वाचित भएका छन् ।
सदस्यहरुमा रामशरण ढकाल, ज्ञानेन्द्रमान जोशी, गौतम पुडासैनी, दिपक लामिछाने, टिकाराम आचार्य, बिमलराज गीरी, फिलिप डिसी निर्वाचित भएका छन् ।
सन्तोष सापकोटा, पिताम्बर बस्नेत, जीवन थापा लगायत निर्वाचित भएको उद्यमी व्यवसायी महाशाखा (जिल्ला) सदस्य दिपेन्द्र पोखरेलले बताए ।
त्यस्तै, संजय घिमिरे, कृष्णप्रसाद शर्मा, इन्द्र बहादुर लामा, गोविन्द खनाल, मनकुमार तामाङ, राजकुमार ढकाल, विवेक भण्डारी, रवि केसी र धुब्र भुसाल पनि निर्वाचित भएको पोखरेलले बताए ।
यता उपशाखा पनि गठन गरिएको छ । परामर्श शाखाको उपशाखा अध्यक्षमा ज्ञानेन्द्र मान जोसि र गौतम पुडासैनी निर्वाचित भएका छन् ।
भेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष लिलामणि पोख्रेल, केन्द्रीय सदस्य पुष्प बिक्रम मल्ल, उपत्यका विशेष प्रदेश कमिटिका अध्यक्ष लेखनाथ न्यौपालेको उपस्थिति रहेको थियो ।
