कमल थापालाई झट्का, फिल्डमा उत्रिए पूर्वराज ज्ञानेन्द्र

बुधबार, १५ मंसिर २०७८

काठमाडौँ – राप्रपाको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ । यसपटकको यो महाधिवेशनलाई निकै महत्त्वका साथ हेरिएको छ ।

महाधिवेशन उद्घाटन भएको मध्यराती दुखद खबर सुन्न परेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका एक मात्र सांसद राजेन्द्र लिङ्देनलाई अध्यक्षा समर्थन गर्न भन्ने आशयको सन्देश पठाएपछि थापालाई झट्का लागेको हो ।

चुनावी प्रतिस्पर्धामा राप्रपाका अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका लिङ्देनलाई समर्थन गर्न कमल थापालाई गोप्य सन्देश प्राप्त भएको हो ।

लिङ्देनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले पहिला देखिनै समर्थन गर्दै आएका थिए । राजकै आडमा एमालेको सहयोगमा प्रतिनिधिसभाको निर्वाचन २०७४ मा विजयी भएका थिए ।

यो कुरा स्वयं लिङ्देनले स्वीकार गरेका छन् । आफूले उम्मेदवारी घोषणा गरेपछि ज्ञानेन्द्र शाहसँग भेट गरेको र उनको शुभकामना पाएको लिङ्देनले बताउन थालिसकेका छन् ।

यहीबीच थापाले चाहिँ निर्मल निवासले चाहिनेभन्दा बढी चासो देखाएकाले यसअघि पार्टी विभाजन भएको र अहिले पनि निर्मल निवासले पार्टीभित्र चासो देखाएको बताएका छन् ।

महाधिवेशन अगाडि मात्रै पनि पूर्वराजा ज्ञानेन्द्रबारे आलोचनात्मक टिप्पणी गरेकाले पछिल्लो समय थापाको र शाहको सम्बन्ध बिग्रिएको प्रष्ट बुझ्न सकिन्छ ।

‘उहाँको सम्बन्ध बिग्रिएको मात्र होइन,’ राप्रपाका एक नेता भन्छन्, ‘पूर्वराजाले लिङदेनलाई स्पष्ट रुपमा आफूले सहयोग गर्ने पनि बताएका छन् ।’

ती नेताका अनुसार पूर्वराजा शाहको समर्थन हुँदा कम्तिमा पनि ४ सय भोट प्रभावित हुन्छन् ।