लगानीकर्ताका लागि बल्ल आयो सुशीको खबर

बिहिबार, १६ मंसिर २०७८

काठमाडौं – पछिल्लो समय बजार घटेर निरास भएका लगानीकर्ताका लागि खुशीको खबर छ । विविध कारणले बजार घटेपछि लगानीकर्ताहरुले लगानीको विकल्प खोजिरहेका बेलामा बजारमा आशाको संचार भएको छ ।

बुधबार सेयर बजार परिसूचक नेप्से ५.२८ अंकले बढेपछि लगानीकर्तामा खुशीयाली छाएको छ ।

नेप्से परिसुचक बढेर २६३३.७५ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

बुधबार २२३ कम्पनीको ५३ लाख १० हजार २१५ कित्ता सेयर खरिदबिक्रीबाट २ खर्ब ७४ करोडको सेयर कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसूचकमा समेत ०.८९ अंकले बढेर ४९६.७४ अंकको बिन्दुमा कारोबार बन्द भएको छ ।

समूहगत उपसूचकतर्फ होटल तथा पर्यटन, नीर्जीवन बीमा समूह, माइक्रोफाइनान्स समूह र जीवन बीमा समूहको सेयर कारोबार घटेको छ ।

यसैगरी बैंकिङ समूह, व्यपार समूह, विकास बैंक समूह, वित्तीय समूह, उत्पादन तथ प्रसोधन समूह, अन्य समूह, सामूहिक लगानीकोष समूह र उत्पादन समूहको सेयर कारोबारमा भने सामान्य अंकले बढेको छ ।

आज पनि सालिङ्ग जलविद्युत कम्पनी र न्याग्दी जलविद्युत कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ ।

१४ करोड ५३ लाखको कारोबार गर्दै नेपाल दुरसञ्चार कम्पनी कारोबार रकमका आधारमा अग्रस्थानमा छ ।

बजार घटेको बेलामा लगानी गर्नु लगानीकर्ताका लागि लाभदायी हुन्छ । अघिल्लो बर्ष राम्रो प्रतिफल दिएका र यो बर्ष पनि राम्रो प्रतिफल दिन सक्ने कम्पनीको सेयर किन्दा कहिल्यै घाटा खान पर्दैन् ।

त्यसका लागि नविल बैंकले लाभांश घोषणा गरिसकेको छ भने नेपाल लाइफ इन्स्योरेन्सले पनि केही दिनमा लाभांश घोषणा गर्न तयारी गरेका छ । यस्तो कम्पनीमा लगानी गर्दा बजार घट्दा पनि लाभांशले घाटालाई कभर गरिदिन्छ ।