लालबावु पण्डितले एक शब्दमात्रै के बोलेका थिए ओलीको मन पग्लीयो
काठमाडौँ – चितवनमा भएको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट चित्त दुखाएर फर्किएका नेता लालबावु पण्डितले फेरी महानता देखाएका छन् ।
पदाधीकारीको आकांक्षा राखेको तर केन्द्रिय कमिटीमा मात्रै एमाले अध्यक्ष ओलीले नाम प्रस्ताव गरे पछि कुनै पनी कार्यकारी पद अस्विकार गरेर विचमै महाधिवेशन स्थल छोडेर फर्किएका पण्डितले आफ्नो बारेमा फैलाइएका भ्रमका बारेमा कडा प्रतिवाद गरेका छन् ।
लालवावुले सार्वजनिक रुपमै असन्तुष्टि जनाएको मैकामा केहि मान्छेहरुले अब लालबावु माधव कुमार नेपालको पार्टीमा प्रवेश गर्न लागेको भन्दै हल्ला फैलाएका थिए । उक्त हल्लालाई विश्वास नगर्न पण्डीतले अनुरोध गरेका छन् ।
आफ्ना बारेमा भ्रम फैलाउँनेहरु प्रति निन्दा गर्दै पण्डितले त्यस्ता गलत हैला फैलाउँनेहरु प्रती प्रतिवाद गर्न पनि देशभरका एमाले कार्यकर्तालाई अनुरोध गरेका छन् ।
पण्डितको यस्तो आग्रह सँगै धमिलो पानीमा माछा मार्न खोेज्नेहरुको खेतीपाती समाप्त भएको छ ।
पूर्वमन्त्री समेत रहेका पण्डीतले एमाले अध्यक्ष केपी ओलीलाई सबैभन्दा अप्ठेरो समयमा साथ दिएका थिए । पार्टी भित्रको आन्तरिक बिषयमा असन्तुष्टि जनाए पनि पार्टीनै छोडेर हिड्ने कुरा भने पण्डीतले नसोचको उनले संकेत गरेका छन् ।
आफ्नो निर्णयमा पुन विचार नगरुनजेल पण्डीतले आफु एमालेको संगठित सदस्य मात्रै भएको बताएका छन् । नेता पण्डितको गुनासो स्वभाविक भएको भन्दै एमाले अध्यक्ष ओलीलाई उनकै नजिकका मान्छेहरुले पनि लालबावुलाई न्याय गरेर सम्मानजनक स्थान दिनुपर्छ भनेर दबाव बढाएको बताइन्छ ।
माधव कुमार नेपाललाई प्रचण्डको कारिन्दा र उनले नेतृत्व गरेको पार्टी नेकपा एसलाई माओवादी केन्द्रको जनसंगठन मात्रै भएको भन्दै नेता पण्डीतले यस अघि कडा टिप्पणी गर्दै आएका छन् । प्रचण्ड र माधव नेपालाई लिभिङ टुगेदरले बर्दाद बनायो भन्ने उनी कसरी फेरी उनीहरुकै पछि लाग्न सक्लान् र ?
नेता पण्डितले आफ्नो समाजिक संजालमा लेखेका छन् ‘नेकपा एमाले पार्टी र मेरो बारेमा भ्रम पार्न कसैले खोजे बिस्वास नगर्न । जोडदार प्रतिवाद गर्न हार्दिक अनुरोध गर्द्छु।’