काठमाडौँमा भीषण लागलागी, दमकलले पनि निभाउन सकेन
काठमाडौं – काठमाडौँमा भीषण आगलागी भएको छ ।
दिउसो लागेको आगो एउटा दमकलले निभाउन नसकेपछि अर्को ५ वटा दमकल बोलाइएको छ ।
सोह्रखुट्टेको नयाँ बजारमा रहेको एउटा ब्ल्याङ्केटको गोदाममा आगलागी भएको हो ।
शुक्रबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।
महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालका अनुसार वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
‘बाहिरी भागको आगो नियन्त्रणमा लिएपछि मात्र भित्र प्रवेश गर्छौं, त्यसपछि नै आगलागीको कारण थाहा हुन्छ’ उनले भने ।
आगो कसरी सल्किएको भन्ने बारे प्रहरीले अनुसन्धान गरिएको दाहालले बताए ।
‘पहिले कुरा त हामी आगोलाई नियन्त्रणमा लिन्छौँ ।’ उनले भने, ‘अनि मात्र कसरी आगलागी भएको थियो भनेर अनुसन्धन गछौंँ ।’
स्थानीयका अनुसनर विजुल्ली सट भएर आगो लागेको हुनसक्ने अनुमान छ ।