चीनबाट अनसरीले गरिन् मध्यराति रुदै–रुदै प्रचण्डलाई फोन !

शुक्रबार, १७ मंसिर २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुन चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेजमा उपचार भइरहेको छ ।

बैंककमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि चिन लगिएको थियो । उपचार सुरु गरेको चौथो दिनमा नै नेता पुनको स्वास्थ्यामा प्रारम्भिक सुधार देखिएको नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिएकी छिन् ।

नेता पुनको उपचारमा ३ दर्जन भन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् । पछिल्लो परिक्षण अनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस (बिलरुविन)को मात्रा समेत घटेर १८ मा झरेको छ । यस अघि बैंककमा छाँदा बिलरुविनको मात्रा २२ थियो ।

बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने वान्ता, शरिर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरिर सुन्निने जस्ता समस्या सुधार भएको छ ।

उपचारमा सहभागि चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएका नेता पुनको पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिए ।

‘आज मात्रै मेरो भिडियो कल भएको थियो, उहाँको हिजो देखि शरिर चिलाएको छैन, खान खान थाल्नु भएको, सवैसँग कुरा गर्न थाल्नुभयो, अध्यक्ष प्रचण्डसँग पनि हिजो बेलुका भिडियो कल गर्नुभयो ।’ उनले भने ।

‘चिकित्सकले खतरा मुक्त भएको छिट्टै नेपाल फर्कनु हुन्छ भनेका रहेछन्,’ चपागाँईले भने, ‘बैंककबाट चीन उड्दा शरिर सुन्निएर ७२ केजी थियो अहिले घटेर ६७ केजीमा झरेको छ ।

दिशामा रगत जाने समस्या पनि बन्द भएको बुझिएको छ । ‘अनसरीले गएराति फोन गर्नुभएको थियो । अघिल्लो पटकको फोनमा सिरियर हुने अनसरी यो पटक खुशीले होकी कुन्नी रोएको स्वर सुनियो ।’ प्रचण्डको सचिवालयले भन्यो । ्

नेता पुनले पनि गएराति अध्यक्ष प्रचण्डसँग भिडियोमा कुराकानी गरेका थिए । बंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक तर्फ लागेका थिए ।

नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परिक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो ।

यस अघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गंभिर भएका बेला नेता पुनको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराएपनि सन्चो भएको थियो ।