गण्डकी मतगणना अपडेट : शर्माले लिए अग्रता
काठमाडौँ – नेपाली काँग्रेस गण्डकी प्रदेशको पछिल्लो मतगणनाको परिणाम प्राप्त भएको छ ।
नेतृत्व चयनका लागि भएको मतगणनाको पछिल्लो अपडेट अनुसार सभापति पदका उम्मेदवार शुक्रराज शर्माले अग्रता लिएका छन् ।
खसेको ११४६ मत मध्ये २०० मत गणना हुँदा सभापतिका प्रत्यासी शुक्रराज शर्माले १०६ र अर्जुनप्रसाद जोशीले ९५ मत पाएका छन् ।
गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि मतगणना सुरु गरिएको थियो ।
मतगणनाका सबै प्रक्रिया पूरा गरेर प्रदेश सभापतिसहितका पदाधिकारीको मतगणना शुरु गरिएको कास्की कांग्रेसका निवर्तमान सभापति एवं निर्वाचन संयोजक कृष्ण केसीले जानकारी दिए ।
उनले निर्वाचन साँझ ५ बजे सकिएको भएपनि सवै प्रक्रिया पूरा गर्दा मतगणना गर्न ढिला भएको बताए ।
गण्डकीमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सहित ६८ पदका लागि १५० जनाले प्रतिस्पर्धा गरेका छन ।
त्यस्तै, कर्णाली प्रदेशमा पनि मतदान सकिएको छ ।
भर्खर मतदान सकिएपछि अब केही बेरा मदगणना थालिने निर्वाचन समितिले जनाएको छ ।