प्रस्तावित राजदूत खत्री भन्छन् -एमसीसीको नेपाल र अमेरिका दुबै तर्फ भ्रम

सोमबार, २० मंसिर २०७८

अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसीसीबारे नेपाल र अमेरिकाका अधिकारीले भ्रम फैलाएको बताएका छन् । उनले एमसीसी लिने वा नलिने भए प्रष्टसँग अमेरिकालाई भन्नुपर्ने सुझाव दिएका छन् ।

सोमबार संसदीय सुनुवाइका क्रममा श्रीधर खत्रीले भने, एमसीसी देशभित्रको विवादमा अल्झिएको पनि देखिन्छ । यो लिने हो भने प्रष्ट भने हुन्छ । नलिने भए पनि अमेरिकालाई प्रष्ट भने हुन्छ ।

एमसीसी नेपालका र अमेरिकी अधिकारीका कारण विवादमा परेको उनको भनाइ थियो । प्राध्यापकसमेत रहेका प्रस्तावित राजदूत खत्रीले भने, अमेरिकाले पनि गल्ती गरेको छ । केही पहिले विदेश सहायकमन्त्री आउनुभएको बेला यसबारे उहाँसँग कुरा गरेको थियो । अमेरिकाको डिफेन्स सहायकमन्त्रीले इन्डोप्यासिफिकमा पर्छ भनेकाले भ्रम फैलिएको देखिन्छ,उनले भने ।

संसदीय सुनुवाइको क्रममा खत्रीले यसबारे सुरुमा नै आफ्नो धारणा राखेका थिए । सांसदहरूले प्रश्न सोध्ने ठानेर नै आफूले यसबारे आफ्ना कुरा पहिले नै राख्नु उचित ठानेको उनको भनाइ थियो ।