रेणु दाहाल मुसहर बस्तीमा जब भगवान बनेर आईन्…

बुधबार, २२ मंसिर २०७८

चितवन – भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ मा केही घर मुसहर बस्ती छन् । बस्ने बास र खाने ठेगान नभएका मुसहरका लागि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भगवान बनेर आएकी छन् ।

महानगरले पक्कि घर बनाइदिएपछि मुसहर समुदायमा खुशीयाली छाएको छ । सुनिता मुसहरले घर बिहिन भएका आफूहरु घर पाउँदा खुसी भएको बताइन् । ‘बस्ने टहरासमेत राम्रो थिएन, आज धेरै खुसी छु मेयर रेनु दाहाल भगवान बनेर आउनुभयो, घर बनाइदिनुभयो,’ उनले भनिन् ।

टुलिय मुसहरले पनि घर पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘पहिला कस्तो दुखमा बसेका थियौँ अहिले धेरै राम्रो भएको छ । खुसी लागेको छ ।’

दीपक मुसहरले माछा मारेर भएपनि विहान बेलुका पेट पाल्ने गरे पनि बस्ने घर नहुदाँ थप कष्टकर जीवन बिताउन परेको बताए । अहिले घर पाउँदा आफूहरु खुशी भएको बताउदै मेयर रेनु दाहाललाई धन्यावाद दिए ।

भरतपुर महानगरपालिकाले आवास कार्यक्रम अन्तरगत २०७७÷२०७८ को बजेटबाट वडा नं २७ र २८ मेघौली ददेनीको मुसहर वस्तीमा नवर्निमित सामूहिक आवास हस्तान्तरण गरिएको हो ।

दीपक मुसहर, सम्भु मुसहर, राजु मुसहर, गेडह मुसहर र पत्रुस मुसहरलाई घर निर्माण गरि हस्तान्तरण गरिएको हो । राज कुमार मुसहरलाईको परिवारलाई भने गत बर्ष नै हस्नातरण गरिएको हो ।

हस्तान्तण कार्यक्रममा बोल्दै मेयर रेनु दाहालले चुनावी अभियानकै क्रममा यहाँको मुसहरको दयनीय अवस्था देखिपछि आफुले जनताको आधारभुत आश्यकता अनुसार घर बनाइदिने अठोट लिएको बताइन् ।

सोही प्रतिवद्धताअनुसार आज काम पुरा भएको र घर हस्तान्तरण गर्न पाउदा निकै खुसी लोगेको बताइन् ।

उनले भनिन्, ‘यहाँ आउँदाखेरी यहाँका मुसहर बस्तीहरु दयनीय अवस्थामा थिए, माथि खरको छानो त्यसमा पनि पानी चुहिरहेको थियो । त्यो अवस्था देख्दा घर बनाइदिनुपर्छ भन्ने लाग्यो । अहिले घर निर्माण गरि हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ ।’

आफूले बोलेर भन्दा काम गरेरै भरतपुरको विकास र समृद्धिको जनताले अनुभुति गराएको स्पष्ट पारिन् । विपन्न समुदायको,आवास व्यवस्थापन महानगरको पहिलो योजना रहेकोले हरेकले घर पाउने अवस्था सुनिश्चित भएको बताईन् ।

घर निर्माण उपभोक्ता समितिका संयोजक टिकाराम भुषालले २३ लाख बजेट पक्की घर, भान्सा, टवाईलेटसहित दुई कोठा र भान्सा कोठा निर्माण गरिएको बताए ।

उनका अनुसार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले फिल्डमै आई यहाँको बस्तीको अवस्था बारे विस्तृत जानकारी लिएकी थिइन् । नेकपा माओवादी वडा २७ का अध्यक्ष मोतीराम भुषालले जनतालाई बोलेको बाचा पुरा गरेकोमा धन्यावाद दिए ।

मेघौली मध्यवर्ती उपभोक्ता समितिका पुर्व अध्यक्ष श्यामप्रसाद अधिकारी, बर्दाहा सामुदायिक वनका अध्यक्ष सोम महत्तो लगायतको उपस्थिति रहको थिए ।