कसले दियो देउवालाई यति ठूलो सूचना, रातभर निदाउन सकेनन्
काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट काठमाडौँमा सुरु हुँदैछ । यो अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
संस्थापन समूहबाट दोश्रो कार्यकालका लागि सभापति शेरबहादुर देउवा आफैंले उम्मेदवारी दिने भएका छन् । सभापतिमा आफू फिक्स भएपनि उनले आफ्नो टिम बनाउन सकेका छैनन् ।
उनलाई चुनौती दिदै उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी घोषणा गरेका छन् । उनले पनि आफ्नो टिम बनाउन सकेका छैनन् । निधि पर्ख र हेरको अवस्थामा छन् । देउवाको टिममा नपरेकालाई समेटेर टिम बनाउने तयारीमा निधि छन् ।
यही सूचना देउवाको कानमा परेपछि देउवा रातभ् ननिदाई नेताहरुको व्यवस्थापनमा केन्द्रीत भएका छन् । बिहीबार राती देउवाले पदाधिकारीमा दावि गरेका नेताहरुसँग छुट्टा छुट्टै भेटेका छन् ।
अघिल्ला महाधिवेशनहरुमा देउवालाई सभापतिमा जिताउन ‘त्याग’ गर्न तयार भएका नेताहरु यो पटक कुनै हालतमा चाहेको पदमा उम्मेदवार हुने अडानमा छन् । ‘यसपटक कोहि पनि छोड्ने मनिस्थितिमा हुनुहुन्न,’ संस्थापन निकट एक नेताले भने, ‘पदको संख्या बढेर के गर्ने, उम्मेदवारको संख्या त्योभन्दा बढि भएपछि ।’
नेताहरुका अनुसार दुई उपसभापतिमा विजयकुमार गच्छदार र महामन्त्री पुर्णबहादुर खड्काको दाबी छ । तर देउवा समूहभित्र पूर्वमहामन्त्री सिटौला समूहलाई पनि मिलाउनुपर्ने दबाब छ । सिटौलालाई उपसभापति दिएर भएपनि टिममा ल्याउनु पर्ने यो समूहका नेताहरुको तर्क छ ।
‘हाम्रो रणनीति भनेको पहिलो चरणमै जित्ने भन्ने हो, त्यसका लागि सिटौलाजीसँग मिल्नैपर्छ,’ देउवानिकट पदाधिकारीका एक आकांक्षीले भने, ‘उहाँ (सिटौला) लाई के दिएर मिलाउनुपर्छ, त्यसका लागि तयार हुनुपर्छ ।’
सिटौला समूहसँग संस्थापन पक्षले तल्ला कमिटीहरुमा पनि चुनावी गठबन्धन गरेको थियो । बागमती र प्रदेश एकमा संस्थापन र सिटौला समूहले एकअर्कालाई समर्थन गरेका थिए । बुधबार पदाधिकारीका आकांक्षीको बैठकमा पनि केही नेताले केन्द्रमा पनि सिटौलासँग सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।
तर सिटौलासँग सहकार्य गर्दा आफूसँग भएका नेताहरुको व्यवस्थापन झनै सकसपूर्ण हुनेछ देउवाका लागि । देउवालाई सबैभन्दा बढी चुनौति महामन्त्रीको उम्मेदवार चयनमा छ । महामन्त्रीका लागि प्रभावशाली नेताहरुले अडान छोडेका छैनन् । गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद र प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा दाबी गरेका छन् ।
त्यस्तै देउवालाई सहमहामन्त्रीमा खसआर्य, महिला, मधेसी, आदिवासी जनजाति, थारुलगायतमा ८ वटा क्लस्टरको उम्मेदवारको टुंगो लगाउन पनि सजिलो छैन । नेताहरुको व्यवस्थापन गर्न नसके टीम छोड्ने जोखिम देखेका उत्तिकै छ ।
‘पद सीमित छ, तर आकांक्षी साथीहरु धेरै हुनुहुन्छ । सबैलाई त म कसरी पद दिन सक्छु ?’ देउवाले बुधबार बुढानीलकण्ठमा पदाधिकारीका आकांक्षीहरुसँग छलफलमा भने, ‘अहिले महाधिवेशनमा समेट्न नसकेका साथीहरुलाई पार्टी र सरकारमा भूमिका दिन्छु । पद पाएन भनेर साथीहरु नरिसाइदिनुहोला ।’