बिमलेन्द्र निधिको एउटा प्रस्तावपछि ढिलो भयो कांग्रेसको महाधिवेशन उद्घाटन
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । १ बजे उद्घाटन हुने भनिएको महाधिवेशन अहिलेसम्म सुरु भएको छैन् ।
नेता विमलेन्द्र निधिको एउटा प्रस्तावले महाधिवेशन उद्घाटन ढिलो भएको बुझिएको छ ।
निधिले पार्टी सभापति शेरबहादुर देउवाले नै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे आफूलाई पनि स्वीकार्य हुने बताएका छन् ।
अन्यथा सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहने बताएपछि देउवाले त्यसका लागि छलफल गरेका थिए ।
सो छलफल अलिकती लम्विदा महाधिवेशन स्थल पुग्न देउवालाई समेत अबेर भएको थियो ।
चितवन–काठमाडौं प्रजातान्त्रिक समाजले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा निधिले १३औं महाधिवेशनमा सभापति लडेका तीन नेताले पार्टी सभापतिमा फेरि दाबी नगर्नु राम्रो हुने बताए ।
त्यस्तो अवस्थामा सभापतिका चार दावेदारबीच सहमति खोज्ने र नभए निर्वाचनमा जाने उनले बताए ।
निधिले अघि भने, ‘होइन शेरबहादुरजीले सर्वसम्मत सभापतिमा रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्नुहुन्छ भने मान्न सकिन्छ ।’
अन्यथा आफू पनि सभापतिमा उम्मेदवार बन्ने र पदाधिकारीको टिम नै बनाएर प्रतिस्पर्धा गर्ने उनले बताएका छन् ।