कांग्रेस मतगणना अपडेट : जितका लागि देउवालाई हम्मे-हम्मे
काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ ।
हालसम्म ३२८२ मत गणना भएको छ, जसमा देउवाले १५०० मत कटाएका छन् ।
उनले १५५६ मत पाउँदा अर्का उम्मेदवार शेखर कोइरालाले ११९७ मत पाएका छन् ।
प्रकाशमान सिंहले २५७ र विमलेन्द्र निधिले २०१ मत पाउँदा कल्याण गुरुङले १७ मत पाएका छन् ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ ।
आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।
कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।
यही अजस्था रहि रहे दोश्रो चरणमा प्रबेश गर्ने निश्चित छ । दोश्रो चरणमा देउवालाई जितका लागि कठी पर्नेछ ।