चुनाव जितेपछि गगन थापाले ‘जोसमा होस् गुमाए’
काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा यु्वा नेता गगनकुमार थापा कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका छन् ।
निर्वाचित भएपछि उनमा उन्मात चढ्न थालेको छ । सुरुमा महामन्त्रीम निर्वाचित नभएपनि पार्टी कार्यालय सानेपा नजाने बताएका थापा अन्तिममा आए फेरी जाने निर्णयमा पुगेका छन् ।
राजधानीको एक पार्टी प्यालेसको विजयसभामा सहभागी हुने तय गरेका नवनिर्वाचित काँग्रेस महामन्त्री गगन थापा पार्टी कार्यालयमा पनि जाने भएका हुन् ।
कार्यकर्ताहरूले आग्रह गरेपछि उनीहरुको भावनाको कदर गर्दै थापा पार्टी कार्यालय जान लागेका हुन् ।
उनले अत्यधिक मत ल्याएर काँग्रेस महामन्त्रीमा विजय हासिल गरेका छन् भने उनको पक्षमा कार्यकर्ताहरूले सानेपामा चर्को नाराबाजी गरेका थिए ।
महामन्त्रीमा विजयी भएका अर्का नेता विश्वप्रकाश शर्मा पनि सानेपा पुगेका छन् ।
त्यस्तै, महामन्त्रीमा पराजीत भएका डा. मीनेन्द्र रिजालले राजनीतिबाट सन्यास लिन सक्ने घोषणा गरेका छन् । उनले आफू राजनीतिमै रहने वा नरहने निष्कर्षमा नपुगेको भन्दै राजनीतिबाट सन्यास लिने संकेत गरेका हुन् ।
राजीनामा निर्णय आफूले भावावेशमा नगरेको उनको भनाइ छ ।
राजीनामापछि आयोजना गरिएको पत्रकार सम्मेलनमा रिजाललाई पत्रकारले सोधेका थिए, ‘कतै राजनीतिबाटै अलग हुने संकेत गर्न खोज्नुभएको त होइन ?’
डा. रिजालले जवाफ दिए, ‘मैले त्यस्तो संकेत गरेको होइन । तर, सम्भावना छँदैछैन भन्दिनँ ।’ अब के गर्ने भन्ने विषयमा गम्भीर रुपमा सोच्ने रिजालले बताए।
‘म सावर्जजनिक जीवनमा नै हुनेछु । तर, राजनीतिभित्र हुन्छु वा बाहिर हुन्छु भन्ने थाहा छैन । जहाँ भए पनि तपाईंहरुसँग भेटघाट हुन्छ,’ उनले भने ।