एमाले प्रबेश गरेपछि दुर्गा प्रसाईँको भाग्य चम्कियो
काठमाडौं – नेकपा माओवादी केन्द्र परित्याग गरि एमाले प्रबेश गरेका व्यवसायी दुर्गा प्रसाईले महत्वपुर्ण जिम्मेवारी पाएका छन् ।
मार्सी उपमानले चर्चित व्यापारी प्रसाईले उद्योग, वाणिज्य तथा आपूर्ति विभागको उपप्रमुखको जिम्मेवारी पाएका हुन् ।
उत्तः विभागको प्रमुखमा ट्रेडमार्क चोरीको आरोप लागेका व्यापारी पूर्वउद्योग राज्य मन्त्री मोतीलाल दुगडले पाएका छन् ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले उनहरुलाई विभागको प्रमुख/उपप्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।
दुगड केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको विशेष आर्थिक सल्लाहकार पनि बनेका थिए ।
१२ असोज २०७१ मा एमाले प्रवेश गरेका दुगडलाई ओलीले ५ मंसिर २०७६ मा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत बनाएका थिए ।
विभागको उपप्रमुखको जिम्मेवारी पाएका प्रसाईँ मेडिकल कलेज सञ्चालक हुन् ।
कुनै वेला माओवादी केन्द्र निकट प्रसाईं ७ कात्तिक २०७८ मा एमाले प्रवेश गरेका थिए ।
उनलाई ओलीले एमाले केन्द्रीय सदस्यमा पनि मनोनित गरिसकेका छन् ।