सहमहामन्त्रीमा राठौर र मन्सुर विजयी, कसको मत कति ?

शुक्रबार, २ पौस २०७८

काठमाडौं – नेपाली कांग्रेसको विभिन्न क्लस्टरका सहमहामन्त्रीको मत गणना चलिरहेको छ । जसअन्तरगत थप दुई वटा क्लस्टरको मतपरिणाम मतगणना सकिएको छ ।

सहमहामन्त्रीम मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् ।

शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार फरमुल्लाहले २७७६ मत ल्‍याए भने शेखले १८७१ मत पाए ।

फरमुल्लाह देउवा र शेख कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।

त्यस्ूतै, नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् ।

शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार किशोरसिंहले २५७६ मत पाए भने देवराजले २५५९ मत ल्याए ।

किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।