एमालेले चाल्यो अहिलेसम्मकै कठोर कदम, सभामुख सापकोटाको कुर्सीमाथी गम्भीर प्रश्न

शुक्रबार, २ पौस २०७८

नेकपा एमालेले अहिलेसम्मकै कडा कदम चालेको छ । अग्नी सापकोटाको कुर्सी धरापमा पर्नेगरि एमालेले एक्सन लिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सँग टक्कर लिएर बसेका सभामुख अग्नीप्रसाद सापकोटाको पद धरापमा पर्ने अवस्था आएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुख सापकोटालाई दुइवटा विकल्प दिएका छन् ।

एमालेले आफुले कारबाही गरेका माधव नेपाल सहितका १४ जना संसदलाई कारबाहीको सुचना सुनाउँने या नैतिकताको आधारमा राजिनामा दिने यी दुई मध्ये एक रोज्न महासचिव पोखरेलले सापकोटालाई भनेका छन् ।

नेकपा एमाले आफुले उठाएको मागमा स्पष्ट रहेको भन्दै पोखरेलले एमालेले संविधान र संसदीय मूल्यमान्यता अनुरुप उठाएको मुद्धामा कुनै सम्झौता नगर्ने प्रष्ट पारका छन् ।

पोखरेलले भनेका छन् ‘हामीले उठाएका मुद्दा सम्बोधन गरेर सदन खुलाउन नसक्ने हो भने सभामुखले नैतिकताका आधारमा राजीनामा दिँदा वा सर्वोच्च अदालतबाट त्यसबारे कुनै फैसला हुँदा हामी त्यसलााई मानेर जान्छौँ ।’

मंसिर २५/२६ मा भक्तपुरमा बसेको एमाले केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पोखरेलले यस्तो बताएका हुन् पोखरेलले आउने निर्वाचनपछि नेकपा एमाले पहिलो शक्तिको रूपमा स्थापित हुने दाबी पनि गरेका छन् ।

जनमतबाट एमाले पहिलो शक्तिको रूपमा उदाउने बताएका हुन् । त्यसका लागि आवश्यक तयारी सुरू गरिएको उनको भनाइ थियो ।

अहिले गठबन्धन एकातिर र सिंगो एमाले अर्कोतिर विभाजित छ । जनताले विश्वास गर्ने भएकाले बलियो शक्तिको एकमात्र विकल्प एमाले हो । हामीले महाधिवेशनबाटै निर्वाचनको तयारी सुरू गरिसकेका छौं’, महासचिव पोखरेलले भने ।

जिल्ला र प्रदेश अधिवेशन गर्ने तयारीसँगै आगामी निर्वाचनका लागि जनतासामु आफ्ना एजेण्डा लिएर जाने उनको भनाइ छ ।जनमतलाई हेला गर्दै गैरसंवैधानिकरूपमा एमालेमाथि विभिन्न शक्तिले आक्रमण र प्रहार गर्ने गरेको उनले टिप्पणी गरे ।