राष्ट्रिय टोलीका चार खेलाडीले दिए यस्तो कडा चेतावनी

शुक्रबार, २ पौस २०७८

राष्ट्रिय क्रिकेट टोलीका चार खेलाडीले आफूहरूलाई कारबाही गर्ने निर्णयमा पुनःविचार गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई आग्रह गरेका छन्।

अनुशासन पालना नगरेको भन्दै क्यानले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो।

मल्ललाई राष्ट्रिय टोलीको कप्तानबाट हटाएको छ भने ऐरीलाई उपकप्तानबाट हटाएको छ। त्यस्तै, चार जनालाई ६ महीना सेन्ट्रल कन्ट्याक्टबाट पनि अलग गरेको छ।

क्यानको यो निर्णयपछि चारै जनाले शुक्रबार पत्रकार सम्मेलन गरी कारबाही गर्ने निर्णयमा पुनःविचार गर्न माग गरेका हुन्।

उनीहरूले भनेका छन्, “हामी अहिले पनि चाहन्छौं, नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरौं, खेलका लागि राम्रो वातावरण बनोस्। यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनःविचार गरोस्।”

क्यानको कारबाही गर्ने निर्णयले दुःख बनाएको उनीहरूले जनाएका छन्। उनीहरूले भनेका छन्, “कप्तान र उपकप्तानबाट हटाउने, २०२२ मा ६ महीनासम्म सेन्ट्रल कन्ट्याक्टमा नराख्ने जस्ता कारबाही गरेको समाचारहरू आए। यसले हामीलाई निकै दुःखी बनाएको छ।”

उनीहरूले क्यानले गरेको निर्णयमाथि प्रश्न उठाएका छन्।

“आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा देशका लागि वर्षौ खेलका, आफ्नो सबै इच्छा आकांक्ष मारेर क्रिकेटमा लागेका खेलाडीहरूलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होलारु” उनीहरूले भनेका छन्।