कहाँ छन् नेकपा महासचिव विप्लव, के गर्दैछन् ?
काठमाडौँ – एकीकृत जनक्रान्तिको कार्यदिशासहित संसदीय राजनीतिबाट निकै टाढा पुगेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) कहाँ छन् र के गर्दैछन् ? यो धेरैको चासोको विषय बनेको छ ।
नेपालमा बैकल्पिक शक्ति भन्दै बेलाबेलामा संसदीय राजनीतिमा निकै चर्चा चल्ने गरेको पाइन्छ तर व्यवस्था परिवर्तनको विषय निकै कम मात्रले उठाउँछन् । साशकले सुन्न गरि त कसैले सुनाउँदै सुनाउँदैनन् । तर नेकपा यस्तो शक्ति हो जुन आफ्नो एजेण्डा स्थापित गर्न प्रतिबन्ध समेत सहेर बस्यो ।
त्यही व्यवस्था परिवर्तनको विषयले अहिले समाजवादी पार्टी भन्नेहरुका लागि टाउको दुखाईको विषय बनेको छ । यो विषयले सबैभन्दा धेरै विगतमा लामो समय सहकार्य गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निन्दा खल्वलिएको छ ।
नेकपा तथा त्यसको नेतृत्व विप्लवलाई बदनाम गर्न प्रचण्डले पार्टी एकताको कुरालाई जबरजस्त उठाए । जुन नेकपा अर्थाथ विप्लवका लागि कम्पना बाहिरको विषय थियो । आफ्ना कार्यकर्ता विप्लवको कार्यदिशामा गोलबन्द हुने सम्भावनालाई मध्यनजर गर्दै प्रचण्डले विप्लवसँग पार्टी एकताको विषय ल्याएको विप्लवको विश्लेषण छ ।
मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा विप्लवले पार्टी एकताको विषयमा प्रष्ट पारेका छन् । ‘नेकपा एकताको विपक्षमा छैन, हामी एकीकृत जनाक्रान्तिको कार्यदिशामा समाहित हुने र संसदीय राजनीति त्यागेर आउनेलाई संधै स्वागत गछौँं ।’ उनले भनेका थिए, ‘तर हाम्रा पुराना साथिहरुले भेटघाटमा हुँदै नभएको कुरालाई झुट प्रचार गरिरहेका छन् । क्रान्तिकारीहरुले त्यस्ता झुटलाई खारेज गर्न पर्छ, हामी खारेज गछौँं ।’
संसदीय व्यवस्थाभित्र बसेर क्रान्तिकारीहरुसँग पार्टी एकताको कुरा गर्नु वेइमान भएको भन्दै विप्लवले अहिलेकै अवस्थामा प्रचण्डसँग एकता सम्भव नभएको बताए । प्रचण्ड सुध्रिएका खण्डमा सहकार्य हुने उनको भनाई थियो ।
नदिका दुई किनारा कहिल्यौ एक हुन सक्दैनन् । अहिले प्रचण्ड र विप्लव ठिक त्यही अवस्थामा छन् । उनीहरुको गन्तव्य एउटै छ, त्यो हो समाजवाद तर बाटो फरक–फरक । प्रचण्ड कुहिएको, मक्किएको, असफल संसदीय राजनीति मार्फत समाजवादको सपना देख्छन् भने विप्लव जनताको अभिमत मार्फत समाजवादमा जाने भन्दै संघर्षरत छन् ।
नेपाली जनताले आफ्नो व्यवस्था आफै रोज्न पाउनुपर्छ भन्दै विप्लव व्यवस्था परिवर्तनका लागि जनमत संग्रह गर्नुपर्ने मागसहित जनतामाझ गएका छन् । उनले नेपालमा अहिले विद्यमान दलाल संसदीय व्यवस्था ठिक की नेकपाले भनेको वैज्ञानिक समाजवाद ठिक भन्ने विषयमा जनमत संगह गर्न माग गरिरहेका छन् ।
त्यसका लागि विप्लव विभिन्न राजनीतिक वैचारिक भेटघाट, छलफलमा व्यस्त छन् । गाउँ र सहर एकैपटक घेर्ने अभियानसहित एकीकृत जनक्रान्तिको कार्यदिश बारे तल्लो स्तरका कमिटहरुमा पुगेर विप्लवले प्रशिक्षण दिइरहेका छन् । विप्लव वैज्ञानिक समाजवाद भनेको के हो, साम्यवादका विशेषताहरु कस्ता हुन्छन् ? नेपालमा व्यवस्था परिवर्तन किन आवश्यक छ लगायतका साना मसिना कुरामा छलफल गरिरहेका छन् ।
पूर्वी नेपालको भ्रमण सकाएर आएका विप्लव अव पश्चिमको यात्रामा निस्किदैछन् । केही दिन चितवनमा बसेर राजनीति, वैचारिक र संगठनात्मक काम सकाएका उनी पश्चिम तिर मोडिएका छन् ।