गृहमन्त्री बालकृष्ण खाँडले यो तहको दुःखद खबर जिन्दगीमा कहिल्यौ सुन्न परेको थिएन
काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापति शेरबहादुर देउवा थप शक्तिशाली भएर उदाएका छन् । उनी शक्तिशाली हुनमा नेता प्रकाशमान सिंहको ठूलो हात रह्यो ।
देउवाले पहिलो पटक जित हाँसिल गर्न नसक्दा बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता प्रकाशमान सिंहलाई फकाएर दोश्रो पटक पार्टी सभापति बने । देउवा निकै ठूलो मिहिनेत पछि सिंहलाई आफ्नो पक्षमा पार्न सफल भए ।
जति गर्दा पनि नमानेपछि देउवाले अन्तिममा आगामी निर्वाचन पश्चात प्रधानमन्त्री बनाउने र यो पटक उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिने सहमति गरे ।
यता प्रकाशमानलाई उपप्रधानमन्त्री बनाउने भएपछि देउवा सरकारको दोश्रो बरियतामा रहेका बालकृष्ण खाँडलाई झट्का लागेको छ । बेला बेलामा कार्यबहाक प्रधानमन्त्रीको हैसियतमा हेलिकप्टरमा फाँईफुर्ति लगाउन पल्केका खाँडलाई यो खबरले निकै दुखित बनाएको छ ।
प्रकाशमानलाई उपप्रधानमन्त्री बनाउने विषय घरमा ‘एउटी श्रीमति हुँदा हुँदै लोग्ने शौता हाले सरह’ भएको उनको विश्लेषण छ । सिंहलाई देउवाले उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागेको बालुवाटार श्रोतको भनाई छ ।
‘अहिले रक्षा र उद्योग मन्त्रालय खाली छ । उहाँको रोजाई अनुसारको मन्त्रालय दिन प्रधानमन्त्री तयार हुनुहुन्छ ।’ बालुवाटार श्रोतले भन्यो, ‘सभापतिमा पदभार ग्रहण गर्ने वित्तिकै मन्त्रीपरिषद विस्तार हुन्छ ।’
महामन्त्रीमा पराजित भएपछि डा. मिनेन्द्र रिजालले नैतिकताका आधारमा राजीनामा दिएपछि रक्षा मन्त्रालय खाली छ । खाली रहेको त्यही मन्त्रालय सिंहलाई सुम्पिने तयारी देउवाको छ ।
सिंह उपप्रधानमन्त्री भएर आएपछि खाडको मन्त्रीपरिषदमा रहेको दोश्रो बरियता खोसिने छ र पाउँदै आएको कार्यबहाकको हैसियत पनि गुम्नेछ ।
खाँडलाई देउवाले महामन्त्रीको उम्मेदवार हुनबाट पनि रोके । कृष्णप्रसाद सिटौलालाई समेत मिलाउन परेकाले खाँड महामन्त्रीको उम्मेदवार समेत बन्न पाएनन् ।