प्रधानमन्त्री देउवाले लिए ओलीको अग्नी परिक्षा, भोली बेलुका रिजल्ट आउने
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अग्नी परिक्षा लिएका छन् ।
लामो समयदेखि अबरुद्ध रहेको प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न देउवाले सर्वदलिय बैठक बोलाएर ओलीको अग्नी परिक्षा लिएका हुन् ।
नेकपा एमालेले कारबाही गरेका आफ्ना सांसदलाई सभामुख अग्नी प्रसाद सापकोटले कारवाहीको सूचना टाँस नगरेको भन्दै संसद अबरुद्ध गर्दै आएको छ ।
संसदमा देखिएको गतिरोध अन्त्यका लागि देउवाले प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । आइतबार दिउँसो ४ बजेका बैठक बोलाइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो ।
‘नेकपा एमालेको विरोधका कारण अघि बढ्न सकेको छैन । त्यही भएर गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्रीज्यूले पहल सुरु गर्नुभएको हो । सबै दललाई पत्र पठाइसकिएको छ,’ उनले भने ।
शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो ।
बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका थिए ।