एक तह बढ्वा भए सुवास नेम्वाङ
काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एक हप्ताको बीचमा एक तह बढुवा भएका छन् । नेकपा एमालेले नेताहरुको बरियता क्रममा हेरफेर गरेपछि नेम्वाङको बढुवा भएको हो ।
अघिल्लो बरियतामा उपाध्यक्षको पुछारमा रहेका नेम्वाङ नयाँ बरियता अनुसार उनी एक तह बढुवा भएका हुन् ।
नेकपा (एमाले) को १०औं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष र सचिवहरूको वरियता हेरफेर गर्दा नेम्वाङ र युवराज ज्ञवालीलाई चिठ्ठा परेको छ ।
नयाँ वरियता अनुसार ६ उपाध्यक्षमध्ये पहिलो नम्बरमा युवराज ज्ञवाली, दोस्रोमा अष्टलक्ष्मी शाक्य, तेस्रोमा रामबहादुर थापा बादल छन् ।
बरियताको चौथो नम्बरमा विष्णु पौडेल, पाँचौंमा सुवासचन्द्र नेम्वाङ र छैटौंमा सुरेन्द्र पाण्डे छन्। यसअघि उपाध्यक्षमध्ये पहिलोमा शाक्य र छैटौंमा नेम्वाङको वरियता रहने भनिएको थियो।
एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकपछि जारी अन्तरपार्टी निर्देशनमा पदाधिकारीको वरियता निर्धारण गरिएको उल्लेख छ।
बैठकले सचिवहरूको वरियतामा टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्टलाई क्रमस पहिलो दोश्रो र तेश्रो बरियतामा राखेको छ ।
त्यस्तै, चोथोमा योगेश भट्टराई, पाँचौमा रघुवीर महासेठ, छैटनैंमा छविलाल विश्वकर्मा अन्तिममा पद्माकुमारी अर्यालको बरियता तोकिएको छ ।
यसअघि सचिवमध्ये तेस्रोमा महासेठ, चौथोमा विश्वकर्मा, पाचौंमा विष्ट र छैटौंमा भट्टराईको नाम थियो।