प्रचण्डसँग निहुँ खोज्दै देउवा, आजै चाले कठोर कदम
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड)सँग निहुँ खोज्न थालेका छन् ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गर्ने विषयमा प्रचण्ड सहमत नभएपछि देउवाले निहुँ खोजेका हुन् ।
नेकपा एमालेले एमसीसी पास गर्नका लागि गठबन्धन तोडेर आए सहयोग गर्ने बचन दिएपछि देउवा विस्तारै प्रचण्डसँग टाढिन थालेका छन् भने ओलीसँगको निकट बढाएका छन् ।
देउवाले एमसीसी पास गर्नका लागि सहयोग माग्दै ओली निवास बालकोटमा दूतहरु पठाएका थिए । उनै दूतसँग ओलीले एमसीसी पास गर्न गठबन्धन तोड्नु पर्ने सर्त राखेका थिए ।
ओलीको त्यो सर्तपछि देउवाले प्रचण्डको भनाईमा अटेरी गर्न थालेका छन् । त्यसको पछिल्लो उदाहारण हो, देउवाले बोलाएको सर्वदलिय बैठक ।
प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि सर्वदलिय बैठक बोलाउन देउवालाई आग्रह गरेका थिए । तर देउवाले संसदको गतिरोध अन्त्यको एजेण्डा दोश्रो प्राथमिकतामा राखेका छन् भने एमसीसी पास गर्ने एजेण्डा पहिलो नम्बर राखेका छन् ।
देउवाले हुँदै नभएको एमसीसी बैठकको एजेण्डामा राखेपछि प्रचण्ड रिसले फायर भएका छन् । यो विषयले प्रचण्डको मनमा चिसो पसेको छ ।
देउवाले आइतबार दिउसो ४ बजेका लागि बैठक बोलाएका छन् । बैठकमा संसदको गतिरोध अन्त्य र एमसीसी पास गर्ने विषयहरु एजेण्डाका रुपमा रहनेछन् ।
नेकपा एमालेले यसअघि बोलाएको सर्वदलिय बैठक बहिस्कार गर्दै आएको थियो । यो पटक पनि बहिस्कार गर्ने एमाले महासचिव शंकर पोखरेलले बताए ।