फेसबुक स्टाटस् लेख्दै माओवादीका नेताले नै सार्वजनिक गरे ज्ञानेन्द्र–प्रचण्डबीच भएको ५ बुँदे सहमति

सोमबार, ५ पौस २०७८

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन विद्रोही नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र तत्कालिन राजा ज्ञानेन्द्र शाहाबीच ५ बुँदे सहमति भएको खुलासा गरे ।

यो विषयले देश तरङ्गीत भयो । माओवादी केन्द्रका नेताहरु आक्रोशित हुँदै केपी ओली सत्तोसराप गर्न थाले भने एमालेमा खुशीको रक्तसंचार भयो ।

यस विषयमा सामाजिक संजालमा दोहोरी चल्यो । कसैले ओलीलाई बयल गाडा चढाएर अमेरिका पठाउन ५ बुँदे सहमति भएको भनेर प्रतिवाद गरेर भने कसैले ओलीको मानसिक स्वास्थ्य खलबलिएको प्रतिक्रिया दिए ।

नेकपा माओवादी केन्द्रका नेता पुष्पराज न्यौपानेले पनि फेसबुकमा स्टास लेख्दै ५ बुँदे सहमतिबारे उल्लेख गरेका छन् ।

केपी ओलीलाई व्याङ्ग्य गर्दै उनले लेखेका छन्, ‘केपी जी तपाईले भनेको ५ बुँदे यहि हो । वाँकी वयलगाडा र गणतन्त्रको साइनोबारे व्याख्या गर्दै गर्नु ।’ उनले बुँदागत रुपमा यसरी लेखेका छन् ।

१) शाही सैनिकका ब्यारेकमा आक्रमण गरि रणनैतिक प्रत्याक्रमणमा पर्वेश गर्ने ।

२) सात राजनैतिक दलसँग सवाद गरि तत्काल पूर्ण लोकतान्त्रिक व्यवस्था गणतन्त्रमा मनाउने ।

३) माओवादी जनमुक्ति सेनातर्फ ४ डिभिजनबाट सात डिभिजन पुर्याउने ।

४) गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधानसभाका लागि शहर बजारमा अन्तरक्रिया गर्ने ।

५) पार्टी भित्र लुकेका बसेका विदेशी एजेन्ड र गणतन्त्र विरोधि नेता तथा व्यक्तिहरुसँग् सतर्कता पूर्वक संवाद गर्ने ।