भागेर होइन जुधेर हुन्छ समस्याहरूको समाधान
काठमाडौँ – बाल्यकालमा सबैले स्वामी विवेकानन्दलाई बिले नामले बोलाउँथे। पछि नरेन्द्रनाथ दत्तको नामले चिनिए ।
नरेन्द्रनाथ निकै उत्साही र प्रतिभाशाली बालक थिए । उनी सानै देखि संगीत, खेलकुद र विविध गतिविधिमा रुचि राख्दथे । नरेन्द्रनाथ बाल्यकालदेखि नै आध्यात्मिक स्वभावका थिए र राम, सीता, शिव आदि मूर्तिपूजामा तल्लीन हुन्थ्यो। उ
उनकी आमाले उनलाई रामायण र महाभारतका कथाहरू सुनाउथिन । जसलाई नरेन्द्रनाथले ठूलो चासोका साथ सुन्ने गर्दथे ।
एक पटक स्वामी विवेकानन्द बनारसमा माँ दुर्गाको मन्दिरबाट निस्कदै गर्दा त्यहाँ पहिलेदेखि नै उपस्थित धेरै बाँदरहरूले उनलाई घेरेका थिए। प्रसाद खोस्नका लागि बाँदरहरु उनको नजिक आउन थाले ।
आफूतिर आउँदै गरेको देखेर स्वामी निकै डराए । आफूलाई बचाउन दौडिन थाले । तर ती बाँदरहरू पीछा छोड्न तयार थिएनन्।
नजिकै उभिरहेका एक वृद्ध भिक्षुले यो सब हेरिरहेका थिए, उनले स्वामीलाई रोके र भने– पर्ख ! नडराउ !, तिनीहरूलाई सामना गर र हेर के हुन्छ ।
वृद्ध भिक्षुको कुरा सुनेर स्वामीलाई साहस भयो र तुरुन्तै फर्केर बाँदरहरूतिर लाग्न थाले। त्यसपछि उनको छक्कको सिमा रहेन जब उसको सामना गर्दा सबै बाँदरहरू भागे। यो सल्लाहको लागि स्वामीजीले वृद्ध भिक्षुलाई धेरै धन्यवाद दिए।
यस घटनाबाट स्वामीले गम्भीर पाठ सिकेका थिए । धेरै वर्षपछि उनले एक सभामा यो घटनाको उल्लेख गरे र भने– ‘यदि तिमीलाई कुनै कुराको डर छ भने भागेर नजाऊ, फर्केर सामना गर ।’
वास्तवमा, यदि हामीले हाम्रो जीवनमा आएका समस्याहरूको सामना गर्यौं भने, विश्वास गर्नुहोस् कि धेरै समस्याहरू समाधान हुनेछन्।