मधेशी महिला केन्द्रीय सदस्यको यस्तो छ अन्तिम मतपरिणाम
काठमाडौं नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य मधेशी (महिला) ४ पदको अन्तिम मतपरिणाम आएको छ ।
आज आएको अन्तिम मतपरिणाम अनुसार नागिना यादव, मन्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ता कुमारी यादव केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
कुल खसेको ४६७१ मतमध्ये नागिनाले २८४६ मत प्राप्त गरिन् । यस्तै मन्जुले २८८६, मिनाक्षीले ३०१२ र मुक्ता कुमारी यादवले ३९६० मत प्राप्त गरिन् ।
