राजेन्द्र लिङ्देनले यत्ति भनेपछि अब प्रचण्डको के बाँकी रहयो
काठमाडौँ – भर्खरै निर्वाचित भएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल (प्रचण्ड)लाई तोकेरै ‘चोर’ भनेका छन् । उनले आफूले कसैलाई चोर नभनेको तर ‘चोरको खुट्टा काट’ भन्दा खुट्टा ताने जसरी प्रचण्ड आफूमाथि खनिएर चोर प्रमाणित गरेको बताए ।
नेपाली काग्रेसको १४ महाधिवेशनमा आफूले कुनै पनि नेतालाई नामै किटेर चोर नभएको भएपनि प्रचण्डले आफू चोर भएर जसरी उफ्रिएको बताए ,
लिङ्देनले चोरको खुट्टा काटभन्दा अन्य दलका नेताले खुट्टा तानेकोजस्तो नेताहरुको प्रवृत्ति देखिएको बताएका छन् । कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा बोलेका कुरा नेताहरुले चरित्र सुधार्नुपर्छ भन्ने हिसावले आफूले बोलेको बताए ।
तर अन्य नेता आफूमाथि खनिएको उनले आरोप लगाए । ‘मैले प्रवृत्तिको कुरा गरेको थिएँ। तर नेताले आफैंलाई भनिएकोजस्तो चोरको खुट्टा काट भन्दा खुट्टा ताने।’ उनले भने ।
राप्रपा यथास्थितिको राजनीतिबाट वाक्क दिक्क भएकाहरुका लागि आशा र भरोसा बनेको उनको भनाई छ । गृह जिल्ला झापामा शनिबार आयोजित कार्यक्रममा बोल्दै जनता तथा कार्यकर्ताको विश्वासमा कुठाराघात हुन नदिने बताए।
उनले भने, ‘तपाईंहरुको मत र विश्वासलाई धोका दिन्न।’ आफू पदमा मात्र बस्न अध्यक्ष नभएको बताए।
उनले भने, ‘अब कार्यकर्ताले चिन्ता लिनु पर्दैन।’आफू कांग्रेस र कम्युनिष्ट मिलाएर हिँड्ने भएकाले कसले के भन्छ भन्ने कुराको पछि नलाग्ने लिङ्देनले बताए।
राप्रपा अध्यक्ष लिङ्देनले पार्टीमा काम नगर्नेको स्थान नरहने बताए। उनले भने, ‘अब उपरखुट्टी लगाएर बस्नेको काम छैन। म पनि काम गर्छु, अरुले पनि गर्नुपर्छ।’
अब पार्टी फुट्ने र फुटाउने परिस्थिति नभएको उनले बताए।