एमसीसी पास हुने सूचना पाएपछि एक्सनमा उत्रियो चीन

बुधबार, ७ पौस २०७८

काठमाडौ – नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी पास हुन लागेको सूचना पाएपछि चीन एक्सनमा उत्रिएको छ ।

अमेरिकाले विश्वमा चीनको प्रभाव रोक्नका लागि इण्डो प्यासिफिक रणनीति अन्तरगत मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सुरु गरेको छ । नेपालमा पनि उक्त परियोजना लागू गर्नका लागि अमेरिकाले दवाव दिइरहेको छ ।

चीनका घेर्नका लागि सुरु गर्न लागिएको एमसीसी सम्झौता नेपालको संसदबाट पास गर्नपर्ने प्राबधानले नेपालमा ठूलो सहस सृजना भएको छ ।

एमसीसी कुनै पनि हालतमा रोक्न चिनियाँ दूतावास सक्रिय भएको छ । यही सिलसिलामा नेपालका लागि चिनियां राजदूत होउ यान्छीले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेकी छन् ।

चिनियां राजदूत यान्छीले एमाले अध्यक्ष ओली निवास बालकोट पुगेर दुई घण्टा लामो भेटवार्ता गरेकी हुन ।

भेटमा चिनियां राजदूत यान्छीले एमाले अध्यक्षमा निर्वाचित भएकोमा ओलीलाई बधाई दिंदै पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत चांसो राखेकी थिईन ।

चिनियां राजदूतले एमाले अध्यक्ष ओलीलाई दुई हप्ताअघि देखि भेट्ने प्रयास गरेकी थिईन । तर, ओलीको व्यस्तताका कारण बुधवार मात्र भेट भएको हो ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कम्प्याक्ट अनुमोदनका विषयमा दलहरुबीच निर्णायक छलफल भइरहेका बेला एमाले अध्यक्ष ओलीसंग चिनियां राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तर, भेटमा एमसीसीबारे छलफल नभएको एमाले विदेश विभागका प्रमुख डा.राजन भट्टराईले बताए । भट्टराईले एमसीसीबारे कुरा नभएको बताएपनि दुई घण्टाको छलफल यसैमा केन्द्रीत भएको बालकोट श्रोतको भनाई छ ।