प्रधानन्यायाधीश माथि महाअभियोग लगाउने अन्तिम तयारी

बिहिबार, ८ पौस २०७८

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने तयारी भएको खुलासा भएको छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लाग्नसक्ने सङ्केत गरेका हुन् ।

बिहीबार सर्वोच्च अदालतमा बार एसोसिएसनको नियमित विरोधको कार्यक्रम सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि बारले राखेको प्रस्तावमा राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण भएको सङ्केत पाएको बताए ।

प्रधानन्यायाधीशले चाहेजस्तै गरी संसद्मा प्रधानन्यायाधीशको बहिर्गमनको सम्बन्धमा छिट्टै छलफल हुने र निष्कर्ष निस्कने नले बताए ।

अध्यक्ष श्रेष्ठले जबराको आगमन अदालतमा जति दिन हुन्छ त्यतिदिन सम्म नै न्यायपालिकाको आस्था तल जाने दाबी गरे ।

न्यायपालिकाको आस्था कायम राख्नका लागि, सेवाग्राहीहरूलाई न्याय किनबेच गर्नु नपर्ने सर्वसुलभ, निष्पक्ष न्याय, स्वच्छ न्याय दिलाउनको लागि बार एसोसिएसनले वाचडगको रूपमा काम गरिरहेको उनले दावि गरे ।

अहिले संसद चालु अवस्थामा रहेकोले संसदमा जबराबारे छलफल भएर ठोस निश्कर्षमा पुग्ने उनलेले विश्वास व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआउन्जेलसम्म बार एसोसिएसनले गरेको विरोधको कार्यक्रम जारी रहने पनि बताए ।

सरकारसँग भाग खोजेपछि प्रधानन्यायाधीश विरुद्ध बारले आन्दोलन गरिरहेको छ ।