अस्पतालको शैय्याबाटै बर्षमान पुनले गरे बोल्ड डिसिजन, बन्द सत्रमा विथोलिन संकेत
काठमाडौं – नेकपा (माओवादी केन्द्र) को हिजोबाट सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनमा शीर्ष नेताहरुले आफूलाई विभिन्न पदका लागि दाबी गरिरहेका छन् ।
तीन दशक देखि निरन्तर माओवादीको नेतृत्वमा रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दोहोरिने लगभग निश्चित बनेको हो ।
तर अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा कस्ले बाजी मार्छ ? त्यसै भन्न सक्ने अवस्था छैन। महासचिव पदका प्रवल दावेदार वर्षमान पुन उपचारकालागि चीनमा रहेका छन्।
अस्पतालको शैय्याबाटै पुनले यस्तो दाबी गरेपछि माओवादीमा खैलाबैला मच्चिएको छ । अब प्रचण्डले कसलाई महासचिव बनाउछन् त्यो भने हेर्न बाँकी छ ।
उपचारकालागि केही महिनादेखि चीनमा रहेका पुन त्यहाँ सम्भव नभएपछि अहिले चीनमा रहेका छन्।
स्रोतका अनुसार पुन यो महाधिवेशनमा अनुपस्थिति भएपनि उनको राजनीतिक भविश्यमा कुनैपनि असर नगर्ने खालको न्यायोचित निर्णय गर्न अध्यक्ष प्रचण्डमाथि दवाब परेको छ।
‘उहाँ भनेको संगठनमा दुख गरेको र पार्टीभित्र बलियो पकड राख्ने नेता हुनुहुन्छ ।त्यसकारण पनि अध्यक्ष प्रचण्डलाई हामीले उनलाई महासचिवको जिम्मेवारी दिनुपर्छ भनिराखेका छौँ।’ स्रोतले भन्यो ।
महासचिवमा पुनसँगै पूर्वसभामुख कृष्णबहादुर महरा,अर्थमन्त्री जनार्दन शर्मा, पम्फा भुसालले आफ्नो दावी पेश गरिराखेका छन्।
माओवादी केन्द्रको विधान अनुसार,अध्यक्ष १,बरिष्ठ उपाध्यक्ष सहित ७ उपाध्यक्ष,महासचिव १,उपमहासचिव २,सचिव ३,कोषाध्यक्ष १ सहित १५ जनको पदाधिकारी रहने व्यवस्था रहेको छ।