माधव नेपालको सानो निर्णयले एमालेलाई दियो ठूलो खुशी

बुधबार, १४ पौस २०७८

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले आगामी चुनावमा गठबन्धन विनानै लड्न सकिने निश्कर्ष निकालेको छ ।

चुनाबमा गठबन्धन गरेर जाने एमालेको अड्कलबिच माधव कुमार नेपाल नेतृत्वको नेकपा एसले गठबन्धन नभएपनि चुनाव लड्न सकिने निश्कर्ष निकालेको छ ।

उक्त पार्टी नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुषालले एक्लै चुनाव लड्न खुट्टा नकमाउने घोषणा गरेका छन् ।

उनले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने विश्वास दिलाएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकमा अझैपनि प्रतिगमनको खतरा रहेको सुनाए । उनले आफूहरु एक्लैपनि चुनाव लड्ने बताए ।

उनले भने,‘हामी चुनाव एक्लैपनि लड्छौं । कति सिट जित्छ भन्ने कुरा अहिले भविष्यवाणी गरेर हुन्छ र ’

उनले एमालेले पनि चुनाव हार्ने स्पष्ट पारे । उनले अहिले प्रचण्ड र उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता नहुने जिकिर गरे ।

बरु, राजनीतिक मुद्दामा सहकार्य भने हुनसक्ने उनको जिकिर छ ।