प्रचण्डले काग्रेस सँग पार्टी एकता गरे हुन्छ –मोहन वैद्य किरण
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैध किरणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सुध्रिनै नसक्ने गरि बिग्रिसकेको आरोप लगाएका छन् ।
ओटीभी नेपाल डटकम सँगको विशेष कुराकानीमा महासचिव बैद्यले प्रचण्डले जस्तो सुकै प्रतिवेदन ल्याएँ भनेर गफ दिए पनि त्यसको कुनै तुक नरहेको बताएका छन् । शब्द के लेख्यो भन्दा पनि सार के हो भन्ने कुरा महत्वपुर्ण रहको भन्दै उनले प्रचण्डले ल्याएको प्रतिवेदनबाट कोहि पनि उत्साहित बन्नु पर्ने अवस्था नरहेको बताएका छन् ।
प्रचण्डले शब्दजाल बुनेर अर्को भ्रमको खेती मात्रै गर्न खोजेको महासचिव बैद्यले आरोप लगाएका छन् । माओवादी आफ्नो निती र सिद्धान्तबाट धेरै पर पुगिसकेको भन्दै उनले फेरी सुध्रिएला भन्ने आफुलाई नलागेको बताए । माओवादीको ओज जनयुद्धमा मात्रै भएको भन्दै उनले अहिले प्रचण्ड संसदीय भाषमा नमज्जा सँग जाकिएको बताए ।
अहिले काग्रेस एमाले भन्दा पनि चर्को संसदवादी बनेर प्रचण्ड निस्कीएको भन्दै वैद्यले संसदवादी मान्छेले जस्तो सुुकै राम्रो प्रतिवेदन ल्याए पनि त्यसले खास ठूलो अर्थ नराख्ने बताएका छन् । केपी ओलीले संसद विघठन गर्दा संसदीय व्यवस्था रक्षा गर्ने ठेक्का मेरै हो जसरी प्रचण्ड लागेको होइनरु अनी यिनी बाट के आशा राख्ने रुबैद्यले भनेका छन् ।
पूर्व माओवादी घटक विच एकता गर्ने कुरा चलिराछ के तपाईहरु प्रचण्ड सँग एकताको लागी तयार हो रु भन्ने ओटीभी नेपालको प्रश्नमा महासचिव वैद्यले प्रचण्ड सँग एकताको कुनै सम्भावना नरहेको ठाडो जवाफ दिएका छन् । बरु उनले काग्रेस सँग एकता गर्दा राम्रो हुने सुझाव दिएका छन् ।
काग्रेसको भन्दा चर्को उदारवादी निती र संसदीय व्यवस्थाको वकालत गरेर हिड्ने प्रचण्डले हामी सँग होइन काग्रेस सँग पार्टी एकता गर्दा राम्रो हुन्छ ,हामी गर्दैनाँै । वैद्यले भनेका छन् । कुन दिन प्रचण्डले काग्रेस सँग पार्टी एकतानै गर्न पनि बेर नलाउँने उनले बताएका छन् ।
निती र सिद्धान्त बाट च्यूत भएको र सत्ता र शक्तीका लागी जे पनि गर्ने प्रवृती प्रचण्डमा रहेको आरोप वैद्यले लगाएका छन् । एमालेसँग एकता गरेकै हो त्यो भत्ताभुंग भयो अब काग्रेस सँग पनि एकता गर्न के बेर रुकुन निती र सिद्धान्तमा काग्रेस र माओवादी फरक छ र रु उनले भनेका छन् ।
राष्ट्रिय स्वाधिनता र स्वाभिमानको सवालमा प्रचण्डको अडान के हो रु एमसीसीका बिषयमा उनको पार्टीको प्रष्ट निर्णय के हो रु भन्दै वैद्यले प्रश्न गरेका छन् । लिपुलेक लिम्पीयाधुराको बिषय छ यसमा उनीहरु दरो सँग उभिन सकेका छैनन् अनी यस्तो र उस्तो प्रतिवेदन ल्याएँ भनेर हुन्छ रु यी सब कुराहरु वाइयात हुन्् । उनले भनेका छन् ।
राजा हटाएर गणतन्त्र ल्याएँ भन्छन् प्रचण्ड के अहिले प्रचण्डको जिवनशैली राजाको भन्दा कम छ रु भनेर पनि उनले प्रश्न गरेका छन् । राजा त हटाए यो साँचो कुरा हो हामी सबै मिलेर हटायौँ तर प्रचण्डनै नयाँ राजा बनेका बैद्यले भने । माओवादी जनयुद्धमा देखेको अधुरा सपनाहरु पुरा गर्न आफुहरु शक्ति आर्जनमा रहेको पनि वैद्यले भनेका छन् ।