महराले महासचिव नछोड्ने भएपछि प्रचण्डले खोलिदिए १४ बर्ष अघिको पोल
काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन जारी छ । महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुनेछ । पार्टीको शिर्ष पद अध्यक्षमा पुष्पकमल दाहाल (प्रचण्ड) निविकल्प भएपनि अन्य पदमा रस्साकस्सी चलेको छ ।
उपाध्यक्षमा पनि कुरा मिल्ने ठाउँ भएपनि महासचिवमा आधा दर्जन बढि नेताहरुले दावि गरेका छन् । त्यसमध्येका एक हुने पूर्वसभामुख कृष्णबहादुर महरा । प्रचण्डले उपाध्यक्ष बस्न गरेको आग्रहलाई उनले नमाने पछि प्रचण्डले अर्को आईडिया निकालेर महरालाई व्याग गराउने प्रयास गरेका छन् ।
पार्टी प्रवक्ता समेत रहेका महरा पछिल्लो समय एमसीसी विरोधीको रुपमा देखा परेका छन् । तर उनै महराको १४ बर्ष पुरानो पोल प्रचण्ड निकटका नेताहरुले खोलेपछि पार्टीमा नाक देखाउन मुस्किल भएको छ ।
आफूले एमसीसी टेबुल नगरेकै कारण सभामुख रहँदा षड्यन्त्र गरिएकोसम्म महराले भनिसकेको छन् जबकी तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी सम्झौतामा हस्ताक्षर गर्नु अघि परराष्ट्र मन्त्रीको हैसियतमा उनै महराले अमेरिकानै पुगेर एमसीसीको फाइनल ड्राफ्ट ओके गरेका थिए । त्यत्ति मात्रै होइन उनको अर्को कुरा पनि खुलासा भएको छ ।
तत्कालिन बिद्रोही माओवादी शान्ती प्रक्रियामा आइसके पछि पनि अमेरिकाले माओवादीलाई राजनितीक शक्तिको मान्यता दिन नमाने पछि महरालेनै हस्ताक्षर गरेर माओवादीको लेटरहेडमा १४ बर्ष अघि अमेरिकाले भनेका सर्तहरु मान्न तयार छौँ भनेर अमेरिकी दुतावासमा निवेदन हालेका थिए ।
जनयुद्ध अवधिभर भारतीय विस्तारवाद र अमेरिकी साम्राज्वाद मुर्दावाद भनेर माहोल बनाए पनि माओवादीका शिर्ष नेताहरु इण्डीयामै बसेर नेपालमा जनयुद्ध चलाएको त प्रमाणित नै भइसकेको छ ।
अमेरिकासँग पनि उसले भनेका सर्तहरु मान्न तयार छौ भनेर महरालेनै हस्तारक्षर गरेर नेपाल स्थित अमेरिकी दुतावासमा निवेदन हालिएको तथ्य बाहिर आएपछि माओवादीको झन धेरै आलोचना हुनेछ ।
विद्रोहबाट माओवादी शन्ति प्रक्रियामा आइसके पछि माओवादीलाई अन्तराष्ट्रिय शक्तीसँग सम्बन्ध स्थापित गराउँन प्रमुख भूमिका खेलेका डा. केवि रोकायाले यस विषयमा विस्तृत खुलासा गरेका छन् । माओवादीले अमेरिकासँग लिखित हस्ताक्षर सहित निवेदन दिँदाका साक्षी मात्रै होइन संलग्नकर्ता रोकायाको खुलासाले ठूलो तरंग जाने अवस्था आएको छ ।
अमेरिकासँग माओवादीको सम्बन्ध आफूलेनै स्थापित गराएको दाबी गर्दै रोकायाले माओवादी शान्ती प्रक्रियामा आइसके पछि पनि उनीहरुलाई आतंकरी कै व्यवहार अमेरिकाले गर्ने गरेको र धैरै मेहनत गरेपछि मात्रै माओवादीलाई राजनीतिक शक्ति मान्न अमेरिका तयार भएको रोकायाले भनेका छन् ।